दुर्गादत्त मिश्र, दार्चुला । बैतडीका १ सय २९ वटा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षण शुरु भएको छ ।

एसइई परीक्षामा सहभागी हुँदै आएका विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षण गर्न थालिएको हो । यसका लागि २१ जना विज्ञ खटिएका थिए । विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षणका लागि खटिएको टोलीमा शिक्षा क्षेत्रमा लामो समय काम गरेर सेवा निवृत्त भएका सहसचिव, उपसचिव, तत्कालीन जिल्ला शिक्षा अधिकारी र विभिन्न क्याम्पसका प्राध्यापक रहेका छन् ।

विज्ञ टोलीले गएको साता बैतडी सदरमुकाममा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेपछि कार्यक्षेत्रमा खटिएको र आईतवार (हिजो) डिलासैनी गाउँपालिकाको धामीगाउँमा गोकुलेश्वर बहुमुखी क्याम्पसका विज्ञटोलीका सदस्य रमेश चन्द्र जोशी र परमानन्द जोशी, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू लगायत सरोकारवालाहरुको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको गुणस्तर परीक्षण केन्द्रका तर्फबाट विज्ञ सदस्य रमेश चन्द्र जोशीले बताउनुभयो  ।

विज्ञ टोलीले विद्यालयको भौतिक संरचना, लगानी र शैक्षिक उपलब्धिका बारेमा शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिसँग भेट गरेर अङ्कभार दिने छन् । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले २०७३ सालदेखि देशभरिका माध्यमिक विद्यालयको गुणस्तर परीक्षण गर्दै बैतडी अन्तिम जिल्लाका रूपमा परीक्षण भइरहेको अर्का विज्ञ सदस्य परमानन्द जोशीले ले जानकारी दिनुभयो ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हालसम्म देशभरीका करीब ६ हजार चार सय माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर परीक्षण गरिसकेको छ । लगानी अनुसारको शैक्षिक गुणस्तर कायम भए नभएका बारेमा यस कार्यक्रमले सहयोग पुग्ने परीक्षणमा खटिएका जोशीले बताउनुभयो  । स्थानीय तहको पुनर्संरचनापछि शिक्षा क्षेत्रमा के कस्ता प्रभाव पर्यो ? भन्ने कुरा पनि यो अध्ययनले प्रस्ट्याउने उहाले बताउनुभयो ।

शैक्षिक गुणस्तर परीक्षण गर्दा विज्ञ टोलीका सदस्यले एउटा विद्यालयमा चार दिन बिताउने छन् । विद्यालयको बृहत् अनुगमनपछि ४० प्रतिशतभन्दा कम अङ्क प्राप्त गर्ने कमजोर, ४० देखि ७० प्रतिशतसम्म प्राप्त गर्ने सामान्य, ७० देखि ९० प्रतिशत अङ्क प्राप्त गर्ने मध्यम र ९० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्ने विद्यालय उत्तम वर्गीकरण हुने बताइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?