डिलासैनीको एक वर्थिङ सेन्टरमा खोप लगाउदा शिशुको ज्यान गएकोे भन्दै स्थानीयद्धारा सडक अबरुद्ध

दार्चुला । बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर २ छेपट्टा वर्थिङ सेन्टरमा खोप लगाउँदा बालकको मृत्यु भएको आरोप लगाउदै स्थानीयहरुले सडक अबरुद्ध गरेका छन् ।

डिलासैनी गाउँपालिका वडा नम्बर २ छेपट्टाका मुकेश रानाका दुई महिने छोरा आदर्श रानाको गएराती मृत्यु भएको थियो । यस घटनाको निस्पक्ष छानबिन गर्नुपर्ने तथा उचित क्षतिपुर्ती पाउनुपर्ने मागसहित स्थानीयले बिहिवार (आज) दिउँसो १२ बजेबाट गोकुलेश्वर–गन्ना–लटिनाथ सडकखण्ड अबरुद्ध गरेको स्थानीय ध्रुव रानाले बताउनुभयो।

बुधबार दिउँसो १२ बजेको समयमा डिलासैनी गाउँपालिका वडा नम्बर ३ स्थित सिमार वर्थिङ सेन्टरमा खोप लगाएका आदर्श बिरामी भएपछि उपचारको लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । आदर्शलाई सिमार वर्थिङ सेन्टरमा डिपिटी दोश्रो डोज र पिसिभीको पहिलो डोज खोप लगाइएको थियो । त्यसैगरी ओपीभी र रोटा डोज खुवाइएको थियो । त्यसपछि दिउँसो ३ बजेदेखि ज्वरो आएको र राती ¥याल फाल्न थालेपछि उपचारको लागी गोकुलेश्वर अस्पताल ल्याइएको थियो ।

गोकुलेश्वरमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल लैजाने क्रममा बच्चाको बाटोमै मृत्यु भएको रानाले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?