दार्चुला । राष्ट्रिय हस्तलेखन प्रतियोगितामा दार्चुला घर भएकी एक छात्रा प्रथम भएकी छिन । पुष ६ गते काठमाण्डौँमा सम्पन्न भएको राष्ट्रिय हस्तलेखन प्रतियोगितामा सुदूरपश्चिमको दार्चुलाकी छात्रा आयुषा खडायत प्रथम भएकी हुन ।

बाल विकास एनसिएमएएस प्रांईभेट लिमिटेडले आयोजना गरेको उक्त हस्तलेखन प्रतियोगितामा दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ की खडायत प्रथम भएको आयोजकले जनाएको छ । देशभरबाट ५ हजार भन्दा बढि प्रतिस्पर्धी उछिन्दै खडायत प्रथम भएको आयोजकले घोषणा गर्दै बिहीबार काठमाण्डौमै पुरस्कार वितरण गरेको राजेश धामीले बताउनुभयो । च्याम्पियन आयुषालाई नगदका साथै प्रमाण पत्र पुरस्कार वितरण गरिएको हो । उनको चौतर्फी प्रशंसा भइरहेको छ ।

व्यवसायका सिलसिलामा दार्चुलादेखि कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर क्याम्पस रोडमा आयुषाका बाबु दिनेश खडायत, आमा शुशिला धामी (खडायत)ले न्यू चौलानी बुक्स एण्ड स्पोर्ट सेन्टर संचालन गर्दै आएका छन ।

महेन्द्रनगर स्थित सार्क एजुगेशन कक्षा ९ मा अध्ययनरथ छात्रा आयुषाले विगतदेखि हस्तलेखनमा रुची राख्दै आएकी छिन । स्थानीय स्तरमा हुने प्रतियोगितमा समेत सहभागि हुने आयुषा यस पटक राष्ट्रिय स्तरकै प्रतियोगितामा सहभागि भइ प्रथम स्थान प्राप्त गर्न सफल भएकी हुन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?