कञ्चनपुरमा प्रहरी जवानले कार्यकक्षमै आफैंमाथि गोली चलाए

दार्चुला । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत एक जना प्रहरी जवानले आफैमाथी पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत २१ वर्षीय प्रहरी जवान चक्र प्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै  आफैमाथी  पेस्तोलले टाउकोमा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिनुभयो ।

टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । एक्कासी ‘प्रबन्ध शाखामा गोली चलेको आवाज आएको र हेर्दा न्यौपाने आफैले गोली चलाएको पुष्टि भएको उहाले बताउनुभयो ।

घाइते भएको जानकारी पाउनासाथ उनलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पुर्‍याइएको भएपनी त्यहाँ उपचार सम्भव नभएपछि कैलालीको धनगढी हुँदै बाँकेको कोहलपुर पुर्‍याइएको हो । न्यौपानेले किन गोली चलाए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?