दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा सम्पन्न स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी गणेश विनायक मावि सिप्टीले हात पारेको छ ।
कुल १४ स्वर्ण, ६ रजत र ६ काँस्य सहित मावि सिप्टीले प्रथम स्थान हात पारेको नौगाडबाट नरेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।

त्यस्तै प्रतियोगितामा लटिनाथ माध्यमिक विद्यालय नौगाड ३ खारले ७ स्वर्ण, ६ रजत र ५ काँस्य पदक प्राप्त गरी द्वितीय स्थान हासिल गरेको छ, भने जनहित माध्यमिक विद्यालय नौगाड ६ धुलिगडाले ५ स्वर्ण, ६ रजत र ६ काँस्य पदक प्राप्त गरी तृतीय स्थान प्राप्त गरेको ठगुन्नाले जानकारी दिनुभयो ।

त्यस्तै केदारेश्वरी माध्यमिक विद्यालय नौगाड २ सुण्डमुण्डले २ स्वर्ण, ५ रजत र ९ काँस्य, गौरीशंकर माध्यमिक विद्यालय नौगाड १ नागुले २ स्वर्ण र ४ काँस्य, समैजी माध्यमिक विद्यालय नौगाड ५ सौकेबगडले ८ रजत र ४ काँस्य र भुमिराज माध्यमिक विद्यालय नौगाड १ ईयरकोटले ३ काँस्य पदक प्राप्त गरेको छ ।
प्रतियोगितामा गाउँपालिका भित्रका ७ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको थियो । पुष १० गते देखि सञ्चालन भएको प्रतियोगिता पुष १३ गते शनिवार सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।





प्रतिक्रिया