दार्चुला । बैतडीमा चट्याङ लागेर चार जना घाइते भएका छन् ।
जिल्लाको शिवनाथ गाउँपालिका वडा नम्बर–२ पोखरामा शनिवार बिहान ११ बजे चट्याङ लागेर ३५ वर्षीया पवानी दमाइ, बुहारी २० वर्षीया कविता दमाई, १३ बर्षीय छोरा लोक दमाई र ११ बर्षीया छोरी लक्ष्मी दमाई घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक एंव सूचना अधिकारी बलराम पाण्डेयले जानकारी दिनुभयो ।
घाइते चारै जनाको पाटनस्थित डिएस पोलिक्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।
दिउँसो परेको चट्याङले सुर्नया गाउँपालिका–६ स्थित धुलिधार गाउँमा ५ ओटा पशुचौपाया मरेका छन् भने अधिकास घरहरुमा विद्युत वाइरिङमा समेत क्षती पुर्याएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया