चट्याङ लागेर डोटीमा एक युवक घाइते

दार्चुला । डोटीमा चट्याङ लागेर एक जना घाइते भएका छन। जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर–३ ठाटिगडामा परेको चट्याङले २३ वर्षीय धिरजबाबु रोकाया घाइते भएका हुन। शनिवार स्थानीय भूपाल खत्रीको घरमा पुगेका रोकायामाथि चट्याङ पर्दा उनको आँखा र टाउकोमा चोट लागेको छ ।

घाइते रोकायाको सरस्वती प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । केन्द्रले उनको अवस्था खतरामुक्त रहेको भए पनि थप उपचारका लागी निगरानी आवश्यक रहेको बताएको छ।

चट्याङका कारण खत्रीको घरमा समेत आंशिक क्षति पुगेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?