दक्षिण कोरियामा विमान दुर्घटना, कम्तीमा ४७ को ज्यान गयो

दक्षिण कोरियामा एक सय ८१ जना बोकेको विमान दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ४७ जना पुगेको छ । दुई जनाको जीवितै उद्वार भएको बीबीसीले जनाएको छ । मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमान पर्खालमा ठोक्किएको हो ।

थाइल्यान्डको बैंककबाट फर्किरहेको जिजु एअरको विमानमा एक सय ७५ जना यात्रु र छ जना चालक दलका सदस्य थिए । एक सय ७५ जना यात्रु मध्य एक सय ७३ जना दक्षिण कोरियाका र दुई जना थाइल्याण्डका नागरिक रहेका बीबीसीले जनाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन तर स्थानीय सञ्चारमाध्यमहरूले विमानको प्रणालीमा चराले क्षति पुर्‍याएको हुनसक्ने जनाएका छन् । कोरियाको अग्नि नियन्त्रण निकायका अनुसार ८० जना अग्नि नियन्त्रक र ३० भन्दा बढी दमकल घटनास्थलमा खटिएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?