बैतडीमा निस्सासिएर एक युवकको मृत्यु

दार्चुला । बैतडीमा निस्सासिएर एक युवकको मृत्यु भएको छ। जिल्लाको पाटनस्थित शिवशक्ति फर्निचर उद्योगमा काम गर्दै आएका कैलालीको कैलारी गाउँपालिका–६ का ३७ बर्षीय पुनाराम थारुको निस्सासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो।

शनिबार राति कोइला बालेर कोठामा सुतेका थारु बिहान अचेत अवस्थामा फेला परेका थिए। उहाँको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो। मृतकका आफन्त कैलालीबाट आउन लागेकाले त्यसपछि मात्रै पोष्टमार्टम कार्य अघि बढ्ने प्रहरी निरीक्षक पाण्डेयले बताउनुुभयो ।

कोइला बालेर सुतेका कारण थारुको निस्सासिएर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?