शैल्यशिखर नगरपालिकाको १६ औं नगरसभा सम्पन्न

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाको १६ औं नगरसभा सम्पन्न भएको छ ।

शैल्यशिखर नगरप्रमुख विजय सिंह धामीको अध्यक्षतामा विभिन्न निर्णयहरु गर्दै नगरसभा सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टले जानकारी दिनुभयो । नगरसभाले विभिन्न १० वटा कार्यविधि तथा ऐनहरु परित गरेको बिष्टले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८१–०८२ को हालसम्म भएका वित्तिय र भैतिक प्रगति अनुमोदन गरिएको छ । त्यस्तै आर्थिक वर्ष २०८१–०८२ मा नगरपालिकालाई प्राप्त समपुरक र विशेष अनुदानका योजनाहरु तादारुकताका साथ चाडैँ सञ्चालन गर्ने, नकतडमा रहेको नगरपालिकाको डम्पिङ साइडको छलफलका माध्यमबाट व्यवस्थापन गर्ने, गोकुलेश्वरमा बसपार्क निर्माणको लागि सम्भाव्य क्षेत्र छनोट गरि सर्वपक्षीय छलफलका माध्यमबाट चाडैँ सञ्चालनमा ल्याउने, गत वर्षको महालेखाको परिक्षकले औल्याएका बेरुजुलाई नियमित गर्ने लगायतका निर्णहरु नगरसभामा टेवुल भएको अधिकृत बिष्टले जानकारी दिनुभयो ।

नगरसभामा नगर प्रमुख धामीले नगरपालिकाको स्वास्थ्य निति,विपन्न वर्ग आर्थिक सहायता कार्यविधि, सामाजिक विभेद सम्बन्धी कार्ययोजना, आम सञ्चार माध्यमलाई वितरण गरिने लोककल्याणकारी विज्ञापन वितरण मापदण्ड, कार्यसम्पादनमा आधारित कर्मचारी प्रोत्साहन कार्यविधी पारित गर्नुभएको छ ।

यस्तै विपद् जोखिम न्यूनिकरण, तथा व्यवस्थापन ऐन, नगरपालिकाको साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि, ढुङ्गा, गिट्टी वालुवा संकलन उत्खनन् विक्रि बितरण व्यवस्थापन, जनस्वास्थ्य ऐन र स्थानीय तहमा स्वास्थ्य संस्था दर्ता अनुमती तथा नविकरण लगायतका निर्देशिका तथा कानुनहरु पारित गर्नुभएको छ ।

नगरसभामा  प्रशासकीय अधिकृत बिष्टले नगरपालिकाका समस्या, समाधानका उपाय लगायताका विषयमा जानकारी सहित छलफल गराउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?