दार्चुला । बैतडीमा भाउजु नाता पर्ने एक महिलामाथी बलात्कारको घटना बाहिरिएको छ । जिल्लाको सिगास गाउँपालिकाका २४ वर्षीय अर्जुन सिंह धामीले अफ्नै भाउजु नाता पर्ने २५ वर्षीया एक महिला माथी बलात्कार गरेर फरार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक एंव सूचना अधिकारी बलराम पाण्डेले जानकारी दिनुभयो ।
६ महिना अगाडी ती महिलामाथि बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय पाटनमा उजुरी परेको र ती महिलाको पेटमा ६ महिनाको गर्भ रहेको समेत खुलेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिनुभयो । अहिले घरका सदस्यहरुले थाहा पाएपछी प्रहरीमा उजुरी परेको छ । अहिले पिडित महिलालाई पाटन सेफ हाउसमा राखिएको उहाँले बताउनुभयो । बलात्कृत महिलाका श्रीमान बिगत १३ महिनादेखि रोजगारीको सिलसिलामा भारत रहेका थिए । घटना घटेपछी उनी अहिले घर फर्किएका छन् । बलात्कार गर्ने धामीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया