दार्चुला । सुदुरपश्चिम प्रदेश सरकारका पूर्व मुख्य मन्त्री एबम एमाले संसदीय दलका नेता राजेन्द्र सिह रावलले सहकारी ठगीमा संलग्न जो सुकै भएपनि कानुनको दायरामा ल्याएर कार्वाही हुने बताउनुभएको छ ।

डडेल्धुराको शुभलक्ष्मी साना किसान कृर्षि सहकारी संस्था लिमिटेडको १० औं बार्षिक सधारण सभाको उद्घाटन गदै आज पूर्व मुख्य मन्त्री रावलले सहकारी को उदेश्य र लक्ष्य भन्दा बाहिर गएर बचतकर्ताको रकम हिना मिना गर्ने जो सुकै पात्र हुन कानुनी कारबाहीको दायरामा ल्याएर बचतकर्ताको रकम यथासिघ्र फिर्ता गर्न पहलकदमी रहने प्रतिबद्धता जनाउनु भयो ।

सहकारी जनताको सारथी हो र बैंकिङ क्षेत्र भन्दा पनि छिटो सेवा लिने दिने उदेश्य भएर सहकारी स्थापना भएका हुन तर पछिल्लो केही समययता देखि सहकारी क्षेत्र भित्र भ्रष्टहरुको हालीमुहाली बन्दै जाँदा सहकारीमा समस्या आएको स्विकार गर्नुहुदै यसलाई निरुपण गर्न सरकार प्रतिबद्ध भएर लाग्नुपर्नेमा रावलको जोड छ ।

एमाले पोलिटब्युरो सदस्य एबम सुदुरपश्चिम प्रदेश एमाले संसदीय दलका नेता समेत रहनु भएका रावलले सहकारी पिडितहरुलाई मलमपटटी लगाउन सरकारले संसदीय छानबिन समिति मार्फत कारबाही अघि बढाएको र सहकारी ऐन परिमार्जन गर्दे बचतकर्ताको रकम फिर्ताको सुनिश्चितता गर्ने बाताबरण सिर्जना गरिरहेको र यसमा अझै पहलकदमीको आबश्यकता रहेको बताउनुभयो । सहकारी भित्र चोरी हुने क्रम बढीरहेको र बचतकर्ताको रकम खुलेयाम हिनामिना गर्दे फरार हुने अबस्थामा समेत राज्यका निकायहरु मुखदर्शक बन्ने कुरा स्विकार्य हुदैन सुक्ष्म तरिकाले अनुसन्धान गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुको सकृयता आबश्यक रहेको नेता रावलको भनाई छ ।

सहकारी भित्र भईरहेको बदमासी र भ्रष्टाचारमा संलग्न नेता देखि कर्मचारी जो सुकै हुन सबै कानुनको दायरामा ल्याउन प्रशासनिक निकाय गम्भिरताका साथ लाग्न पुर्ब मुख्यमन्त्री रावलको निर्देशन थियो । आईतबार देखि एमाले केन्द्रीय कमिटिको बैठकमा सहभागी हुन पूर्व मुख्य मन्त्री एंबम प्रदेश संसदीय दलका नेता रावल आजै राजधानी तर्फ जाने क्रममा उहाँले सहकारीका समस्याहरु र समाधान गर्नका लागी सम्माननिय प्रधानमन्त्री एबम पार्टी अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराउने बिश्वास समेत दिलाउनु भएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?