दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा सञ्चालन भएको अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि लेकम गाउँपालिका वडा नम्बर ४ खरकडाले हात पारेको छ । लेकम गाउँपालिका वडा नम्बर २ लाई ३-२ को सेटमा पराजित गर्दै लेकम ४ खरकडाले प्रथम स्थान हालिस गरेको हो । वडा नम्बर २ ले द्धितीय स्थान प्राप्त गरेको छ ।
लेकम गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार खेलाडीहरुको प्रतिस्पर्धात्मक खेल क्षमता विकास गर्ने उद्धेश्यका साथ पुस १८ गतेबाट सञ्चालन भएको प्रतियोगिता आइतबार (आज) सम्पन्न भएको हो । गाउँपालिका भित्रका छ वटै वडा र एउटा कर्मचारी टिम गरी कुल ७ वटा टिमको सहभागीता रहेको प्रतियोगितामा चौथो दिन खेल सम्पन्न भएको हो ।
प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार ५००, द्धितीय पुरस्कार १५ हजार ५०० र तृतीय पुरस्कार १० हजार ५०० नगदसहित सिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिएको छ ।त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी वडा नम्बर २ कुणीका भरत कार्की हुनुभएको छ ।
लेकम गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता सुरेश सिंह थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माधवी जोशी प्रमुख अतिथि रहनुभएको थियो। त्यस्तै कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष शिवराज जोशी, वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र राज जोशी, गाउँपालिकाका प्रशासन शाखा प्रमुख नारायण दत्त भट्ट, निर्वाचित वडा सदस्यहरु, विभिन्न विद्यालयका शिक्षक विद्यार्थी तथा खेल प्रेमीलगाय स्थाीयहरुको सहभागीता रहेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया