मार्मा गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, लटिनाथ मावि रस्कोट प्रथम

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा सञ्चालित पाँचौ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ।

पुस १८ गते बाट सञ्चालन भएको गाउँपालिका स्तरिय रनिङ शिल्ड प्रतियोगिता (आइतवार) आज सम्पन्न भएको हो । गाउँपालिकाका ८ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको प्रतियोगितामा लटिनाथ माध्यमिक विद्यालय रस्कोट प्रथम भएको छ।

 

२४ स्वर्ण, १५ कास्य र ५ रजत पदक सहित लटिनाथ माध्यमिक विद्यालय रस्कोटले प्रथम स्थान हात पारेको हो । त्यस्तै १३ स्वर्ण, १२ रजत र ८ कास्य पदक सहित तपोवन माध्यमिक विद्यालय पडपडा द्धितिय भएको छ, भने ३ स्वर्ण ४ रजत र ९ कास्य पदक सहित अपिपथप्रर्दशक माध्यमिक विद्यालय सेरी तृतीय भएको छ।

गाउँपालिका अध्यक्ष जमन सिंह धामीको अध्यक्षतामा भएको समापन समारोहमा गाउँपालिका उपाध्यक्ष शर्मिला सिंह , गाउँपालिकाका  प्रमुख प्रशासकिय अधिकृत धमेन्द्र जोशी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?