दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा सञ्चालित पाँचौ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ।
पुस १८ गते बाट सञ्चालन भएको गाउँपालिका स्तरिय रनिङ शिल्ड प्रतियोगिता (आइतवार) आज सम्पन्न भएको हो । गाउँपालिकाका ८ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको प्रतियोगितामा लटिनाथ माध्यमिक विद्यालय रस्कोट प्रथम भएको छ।
२४ स्वर्ण, १५ कास्य र ५ रजत पदक सहित लटिनाथ माध्यमिक विद्यालय रस्कोटले प्रथम स्थान हात पारेको हो । त्यस्तै १३ स्वर्ण, १२ रजत र ८ कास्य पदक सहित तपोवन माध्यमिक विद्यालय पडपडा द्धितिय भएको छ, भने ३ स्वर्ण ४ रजत र ९ कास्य पदक सहित अपिपथप्रर्दशक माध्यमिक विद्यालय सेरी तृतीय भएको छ।
गाउँपालिका अध्यक्ष जमन सिंह धामीको अध्यक्षतामा भएको समापन समारोहमा गाउँपालिका उपाध्यक्ष शर्मिला सिंह , गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धमेन्द्र जोशी लगायतको सहभागीता रहेको थियो ।