दार्चुलाबाट मावि प्रथम श्रेणीमा केशव राज बिष्ट र राजेन्द्र बहादुर सिंह बढुवा (सूचिसहित)

दार्चुला । शिक्षक सेवा आयोगबाट २०८१ भदौँ २३ गते प्रकाशित कार्यसम्पादन मूल्यांकनका आधारमा गरिने ७५ प्रतिशत शिक्षक बढुवाको विज्ञापन अनुसार सुदूरपश्चिम प्रदेशको नतिजा प्रकाशित भएको छ । शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, सुदूरपश्चिम प्रदेश दिपायलको निर्णय अनुसार सुदूरपश्चिमका सबै जिल्लाको शिक्षक बढुवाको नतिजा सार्वजनिक भएको हो ।

दार्चुलाबाट माद्यमिक तह प्रथम श्रेणीमा लटिनाथ नमुना मावि चौपाताका प्रधानाद्यापक केशव राज बिष्ट र तपोवन मावि पडपडाका प्रधानाद्यापक राजेन्द्र बहादुर सिंह बढुवा हुनुभएको छ । यस्तै माद्यमिक तह द्धितीय श्रेणीमा शिक्षकहरु जयराज जोशी, मेखराज जोशी, महेश दत्त भट्ट बढुवा हुनुभएको छ ।

दार्चुलाबाट निम्न माद्यमिक तह द्धितीय श्रेणीमा केशव सिंह तिंकरी र श्यामराज जोशी बढुवा हुनुभएको छ ।

दार्चुलाबाट प्राथमिक तह प्रथम श्रेणीमा जगत सिंह नगारी, घनश्याम अवस्थी बढुवा हुनुभएको छ भने प्राथमिक तह द्धितीय श्रेणीमा ऐन बहादुर ठगुन्ना, राजेन्द्रसिंह कुवँर, कृष्णराज जोशी, दुर्गादेवी धामी, राजेन्द्र सिंह धामी, गणेशदत्त भट्ट, सिता चन्द, पार्वती थापा, भागरथी पन्त, करुणाकर जोशी, दिलेन्द्र सिंह धामी, दिपक सिंह बोहरा, परमानन्द गिरी, लिला जोशी र अञ्जनी पन्त बढुवा हुनुभएको छ ।

सुदूरपश्चिमभरीको शिक्षक बढुवाको नतिजा हेर्नुहोस

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?