लामाडाडा जंगलमा भेटियो महिलाको शव

दार्चुला । डोटीमा एक जना महिलाको वेवारिसे शव फेला परेको छ । मंगलबार साँझ पौने ५ बजे केआईसिंह गाउँपालिका(६ को लामाडाडास्थित जंगलमा नाम, थर, वतन नखुलेकी महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार घाँस, दाउरा काट्ने महिलाहरुले वेवारिसे अवस्थामा शव देखेपछि वडानम्बर ६ का वडाध्यक्ष कृष्णप्रसाद जैसीमार्फत प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी भएपछि जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराई नेतृत्वको टोली घटनास्थल प्रस्थान भएको छ ।

शव भेटिएकोबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?