दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । शैल्यशिखर नगरपालिकास्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शैल्यशिखर-९ गोकुलेश्वरमा सुरू भएको हो ।
शैल्यशिखर नगर खेलकुद विकास समिति अध्यक्ष महेश सिंह भण्डारीको अध्यक्षतामा उद्घाटन भएको प्रतियोगितामा नगरप्रमुख विजय सिंह धामीको प्रमुख आतिथ्यता रहेको छ । नगर उपप्रमुख शान्ति खडायत र निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा वडाअध्यक्षहरूसहित जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्चार्ज तथा प्रहरी निरीक्षक किशोर सिंह ऐरी, राजनीतिक दलका प्रमुख/प्रतिनिधि, नगरभित्रका माद्यामिक विद्यालयका विव्यस अध्यक्ष र प्रधानाध्यापकहरू, शैल्यशिखर नगरपालिकाका अधिकृत भोजराज जोशी लगायत कर्मचारी, विभिन्न संघ, संगठनका प्रमुख, खेलप्रेमी स्थानीय, शिक्षक लगायतको आतिथ्यता रहेको छ ।
प्रतियोगितामा शैल्यशिखर नगरपालिकाभित्रका १४ वटा सामुदायिक र एउटा संस्थागत गरि कुल १५ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको उद्घाटन सत्रका सञ्चालक भोजसिंह धामीले बताउनुभयो ।
उद्घाटन सत्रमा आयोजित मार्चपासको नतिजा सार्वजनिक भएको छ । १५ वटै विद्यालयमध्ये मार्चपासमा गोकुलेश्वर मावि गोकुले प्रथम, सत्यप्रकाश मावि देथला द्वितीय र मालिकार्जुन मावि मिलमिलिले तृतीय भएको छ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।