दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा रहेको चौलानी सेकेन्ड्री इङ्गलिस बोर्डिङ स्कुलको १८ औं वार्षिकोत्सब तथा अभिभावक दिवंस सम्पन्न भएको छ ।

विद्यालयका संस्थापक अध्यक्ष एंव जग्गादाता नरेन्द्र प्रकाश हमालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा शैल्यशिखर नगरपालिकाका उप– प्रमुख शान्ति खडायतको प्रमुख आतिथ्यता रहेको थियो । वार्षिकोत्सब समारोहमा विद्यालयका संस्थापक बासुदेव जोशीले विद्यालको बार्षिक आयव्यय विवरण सार्वजनिक गर्नुभएको थियो ।

उहाँका अनुसार विद्यालयको कुल आय २२ लाख ६१ हजार ६ सय ५० रुपैयाँ रहेको छ, भने कुल व्यय २२ लाख १६ हजार ७ सय ४७ रुपैयाँ रहेको छ । हाल विद्यालयसंग ४४ हजार ९ सय ३० रुपैयाँ बचत रहेको विद्यालयका प्रशिक्षक गोकर्ण पाठकले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी सन्चारकर्मी तथा शिक्षाप्रेमीहरुको सहभागीता रहेको प्रशिक्षक पाठकले जानकारी दिनुभयो । कार्यक्रमको उद्वघोषण प्रशिक्षकद्धय गोकर्ण पाठक र दयाकृष्ण पन्तले गर्नुभएको थियो।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?