दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिकामा सञ्चालन भएको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि केदार मावि पिपलकोटले हात पारेको छ ।

यही पौष २४ गतेदेखि दोगडाकेदार वडा नम्बर ७ स्थित लवलेक खेलमैदान सञ्चालन भएको प्रतियोगितामा ८ स्वर्ण, ३ रजत र ३ कास्य पदकसहित केदार मावि प्रथम भएको हो ।

यस्तै प्रतियोगितामा ६ स्वर्ण, ७ रजत र ९ कास्य पदक जितेर सनातन धर्म मावि श्रीकोट दोश्रो भएको छ भने ६ स्वर्ण, ३ रजत र ४ कास्य पदक जितेर भगवती मावि सित्तड तेश्रो भएको छ ।

शनिबार सम्पन्न भएको प्रतियोगितामा पालिकाभरीका ११ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिता समापन समारोहमा विजेताहरुलाई शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीको अध्यक्षतामा भएको समापन कार्यक्रममा पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द प्रमुख अतिथी रहनुभएको थियो।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?