सुदूरपश्चिममा एमालेको ४७ सदस्यिय प्रदेश सचिवालय गठन, दार्चुलाबाट चार जना नेता चयन

दार्चुला । नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेशमा सचिवालय गठन गरिएको छ । प्रदेश कमिटी पदाधिकारीसहित ४७ सदस्यिय सचिवालयमा दार्चुलाबाट चार जना समेटिएका छन् । दार्चुलाबाट नेताहरु मोहनसिंह धामी, नगेन्द्र तिंकरी, देबसिंह महर र प्रेमसिंह धामी प्रदेश कमिटी सचिवालय सदस्य चयन भएको प्रदेश कमिटी उपसचिव तथा प्रचार विभाग प्रमुख भागरथी बिष्टले जानकारी दिनुभयो ।

एमाले प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षता तथा केन्द्रीय सचिव लेखराज भट्टको प्रमुख आतिथ्यतामा सञ्चालन भएको प्रदेश कमिटी बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको उहाँले बताउनुभयो । काठमाण्डौँमा पुस २१, २२ र २३ गते सम्पन्न केन्द्रीय कमिटीको आठौँ बैठकले माघ, फागुन, चैतमा वडाकेन्द्रीत पार्टी निर्माण अभियान सञ्चालन गर्न गरेको निर्णय अनुसार सुदूरपश्चिमका ७३४ वटै वडालाई पार्टी कामको केन्द्र बनाइ अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।

प्रदेशभरी सम्बन्धित वडाका नेताहरुले उक्त अभियानमा सहभागि हुनुपर्ने कार्ययोजना छ । मिसन ०८४ लक्षित उक्त अभियान अन्तरगत पार्टी निर्माणका लागि विभिन्न निर्णय गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?