दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा सञ्चालन भएको नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ।
नगरपालिकाको वडा नम्बर ९ गोकुलेश्वरमा पुस २४ गते देखी सञ्चालन भएको प्रतियोगिता सोमबार (आज) सम्पन्न भएको हो । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता छनोटको लागी सञ्चालन भएको प्रतियोगितामा नगरपालिका भित्रका १४ सामुदायिक र १ संस्थागत गरि १५ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको कार्यक्रमका उद्धघोषक तथा पशुपती भवन माध्यमिक विद्यालय ग्वानीका शिक्षक भोज सिंह धामीले जानकारी दिनुभयो ।
प्रतियोगितामा १३ स्वर्ण ९ रजत र ५ कास्य गरि कुल २७ पदक सहित गोकुलेश्वर माध्यमिक विद्यालय प्रथम भएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै ७ स्वर्ण ६ रजत र ५ कास्य गरि कुल १८ पदक सहित गलैनाथ माध्यमिक विद्यालय झरकडा द्धितिय हुँदा ६ स्वर्ण ४ रजत र १० कास्य गरि कुल २० पदक सहित सत्य प्रकाश माध्यमिक विद्यालय देथला तृतीय भएको उहाँले जानकारी दिनुभयो ।
प्रतियोगितामा कृष्ण माध्यमिक विद्यालय बलाचले ६ स्वर्ण ३ रजत र ४ कास्य गरि कुल १३ पदक प्राप्त गरेको छ । त्यस्तै मालिकार्जुन माध्यमिक विद्यालय मिलमिलीले ३ स्वर्ण २ रजत र १ कास्य गरि कुल ६ पदक, पशुपती भवन माध्यमिक विद्यालय ग्वानीले २ स्वर्ण ४ रजत र ६ कास्य गरि १२ पदक, मालिकार्जुन माध्यमिक विद्यालय काँडापारीले २ स्वर्ण ३ रजत ३ कास्य गरि कुल ८ पदक प्राप्त गरेको छ ।
त्यस्तै लटिनाथ माध्यमिक विद्यालय तल्चौराले १ स्वर्ण ३ रजत र २ कास्य गरि ६ पदक, लटिनाथ माध्यमिक विद्यालय बस्कोटले १ स्वर्ण ३ रजत र २ कास्य गरि कुल ६ पदक, हुनैनाथ माध्यमिक विद्यालय देवथलीले १ स्वर्ण १ रजत र ४ कास्य गरि ६ पदक, मालिकार्जुन माध्यमिक विद्यालय आगरले १ रजत र ४ कास्य गरि कुल ५ पदक, बद्रीनाथ माध्यमिक विद्यालय बोहोरीगाउँले २ रजत र ३ कास्य गरि कुल ५ पदक र भुमिराज माध्यमिक विद्यालय तौकीले १ कास्य पदक प्राप्त गरेको छ।
भुमिराज माध्यकिम विद्यालय तल्लो काँडापारी र प्रतियोगितामा सहभागीता जनाएको एक मात्रै संस्थागत विद्यालय चौलानी बोर्डिङ स्कुलले कुनै पनि पदक जित्न नसकेको शिक्षक धामीले जानकारी दिनुभयो ।
शैल्यशिखर नगरपालिका नगर खेलकुद विकास समितीका अध्यक्ष महेश सिंह भण्डारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम समापन समारोहमा नगरपालिकाका उप -प्रमुख शान्ति खडायतको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा नगरपालिकाको वडा नम्बर ९ का वडा अध्यक्ष प्रजापती पाण्डेय नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भोज राज भट्ट, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी लगायत स्थानीयहरुको सहभागीता रहेको कार्यक्रमका सञ्चालक तथा पशुपती भवन माध्यमिक विद्यालय ग्वानीका शिक्षक भोज सिंह धामीले जानकारी दिनुभयो ।





प्रतिक्रिया