त्रिविका २४ वटा आंगिक क्याम्पसमा प्रमुख नियुक्त, डोटी बहुमुखी क्याम्पसमा दिलानन्द जोशी

दार्चुला । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले २४ वटा आंगिक क्याम्पसमा प्रमुख नियुक्त गरेको छ । हिजो बसेको त्रिविको कार्यकारी परिषद्ले क्याम्पस प्रमुख नियुक्त गरेको हो । क्याम्पस प्रमुख नियुक्तिका लागि असोजमा त्रिविले छनोट समिति बनाएको थियो । छनोट समितिले नाम सिफारिश गरेपछि परिषद्ले नियुक्ति गरेको हो । क्याम्पस प्रमुख नियुक्तिसँगै लामो समयदेखि निमित्तको भरमा क्याम्पस सञ्चालनको बाध्यता हटेको छ ।

त्रिविका अनुसार डोटी बहुमुखी क्याम्पसमा दिलानन्द जोशीलाई क्याम्पस प्रमुख नियुक्त गरिएको छ । यस्तै शंकरदेव क्याम्पसमा कपिल खनाल, रत्नराज्य लक्ष्मी क्याम्पसमा पदमकुमार अधिकारी, नेपाल कमर्स क्याम्पसमा जीतेन्द्रप्रसाद उपाध्याय, ललितकला क्याम्पमा यामप्रसाद शर्मा, सानोठिमी क्याम्पसमा माधवप्रसाद श्रेष्ठ र महेन्द्र बहुमुखी क्याम्पसमा लालमणि आचार्य नियुक्त हुनुभएको छ ।

यस्तै विश्वभाषा क्याम्पसमा महेन्द्रकुमार बुढाथोकी, पाटन संयुक्त क्याम्पसमा रघुवीर विष्ट, पृथ्वीनारायण क्याम्पसमा प्राध्यापक हरिप्रसाद पाठक, सुर्खेत बहुमुखी क्याम्पसमा माधवप्रसाद खनाल, भैरहवा क्याम्पसमा लक्कीप्रसाद जोशी, बुटबल बहुमुखी क्याम्पसमा अरुणकुमार क्षेत्री, रामस्वरूप रामसागर क्याम्पसमा प्राध्यापक वसन्तकुमार कर्ण, भोजपुर बहुमुखी क्याम्पसमा पर्वतकुमार राई, त्रिभुवन बहुमुखी क्याम्पसमा टंकप्रसाद पन्थ, जुम्ला बहुमुखी क्याम्पसमा प्रकाशचन्द्र खत्री र पक्लिहवा क्याम्पसमा जन्मजय गैरे प्रमुखका रूपमा नियुक्त हुनुभएको छ ।

यस्तै वनविज्ञान अध्ययन संस्थान पोखरामा नारायणप्रसाद गौतम, कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङमा रामकुमार श्रेष्ठ, मेची बहुमुखी क्याम्पसमा देवीप्रसाद आचार्य, सूर्यनारायण सत्यनारायण क्याम्पसमा राजेश्वरप्रसाद यादव, धौलागिरि बहुमुखी क्याम्पसमा सुदर्शन सिलवाल, केन्द्रीय प्रविधि क्याम्पस धरानमा प्राध्यापक वसन्तकुमार राईलाई नियुक्त गरिएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?