दक्षिण कोरियाका निलम्बित राष्ट्रपति येओल पक्राउ

दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक येओल पक्राउ परेका छन् । स्थानीय समयअनुसार आज बिहान साढे १० बजे उनलाई सोलमा रहेको आफ्नै निवासबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

यसअघि दक्षिण कोरियाका अनुसन्धानकर्ताहरुको येओललाई पक्राउ गर्ने पहिलो प्रयास विफल भएको थियो । अदालतले पक्राउ पुर्जीको पछिल्लो अवधि बढाएपछि भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीले उनलाई आज दोस्रो प्रयासमा पक्राउ गरेका हुन् ।

गएको डिसेम्बरमा सैन्य शासन लागू गर्ने प्रयास गरेसँगै येओलमाथि विद्रोह गरेको आरोपमा अनुसन्धान भइरहेको छ । अनुसन्धानमा उनले सहयोग नगरेको भन्दै उनलाई पक्राउ गर्नु परेको अनुसन्धान अधिकारीहरुले बताएका छन् ।

दक्षिण कोरियामा राष्ट्रपतिलाई पक्राउ गरेको यो पहिलो घटना हो । पक्राउको क्रममा उनको निवास बाहिर समर्थक र आलोचक दुवैको भिड देखिएको खबरमा उल्लेख छ ।

प्रहरीले समेत एक हजार बढी अधिकारीहरू तैनाथ गरेको थियो । येओललाई पदबाट हटाउने वा नहटाउने विषयमा भने उनीविरुद्ध लागेको महाभियोगको प्रस्तावमा हुने छलफलले तय गर्ने कानून व्यवसायीको तर्क छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?