विद्यार्थी प्रतिभा पहिचान र जागरण अभियानमा अनेरास्ववियु, दुहुँमा सम्पन्न वादविवादमा प्रिन्सा प्रथम

दार्चुला । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाले विद्यार्थी प्रतिभा पहिचान तथा जागरण अभियान सञ्चालन गरेको छ । उक्त अभियान अन्तरगत अनेरास्ववियुद्वारा आयोजित दुहुँ गाउँपालिका स्तरीय वादविवाद प्रतियोगिता शुक्रबार (आज) सम्पन्न भएको छ । अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेकपा (एमाले) दुहुँ गाउँपालिका कमिटी अध्यक्ष उदय सिंह बडालको प्रमुख आतिथ्यता रहेको थियो ।

दुहुँ गाउँपालिका वडा नम्बर २ स्थित गौरिलमाण्डौ मावि हिकिलामा सामाजिक संजालको प्रयोग वरदान कि अभिशाप भन्ने विषयमा आयोजना गरिएको वादविवाद प्रतियोगितामा पिपलचौरी माध्यमिक विद्यालय  बिणकी छात्रा प्रिन्सा बमले प्रथम र कबिता बमले द्धितीय स्थान प्राप्त गरेको अनेरास्ववियु दार्चुलाका अध्यक्ष जोशीले जानकारी दिनुभयो । यस्तै गौरिलमाण्डौ माध्यमिक विद्यालय हिकिलाका छात्र विवेक धामीले तृतीय स्थान प्राप्त गरेको उहाँले बताउनुभयो ।

गाउँपालिका स्तरीय कार्यक्रममा गाउँपालिका भरिका पाँच वटा माध्यमिक विद्यालयका १० जना विद्यार्थीले सहभागिता जनाएको अनेरास्ववियु दार्चुलाका उपाध्यक्ष एवं प्रचारप्रसार विभाग प्रमुख कृष्ण धामीले जानकारी दिनुभयो । अनेरास्ववियु जिल्ला कमिटी दार्चुलाले आयोजना गरेको विद्यार्थी प्रतिभा पहिचान तथा जागरण अभियान अन्तरगत जिल्लाका सवै स्थानीय तहमा कार्यक्रम संचालन भइरहेको उहाँले बताउनुभयो ।

यस अघि जिल्लाको महाकाली नगरपालिका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका, अपिहिमाल गाउँपालिकामा कार्यक्रम सम्पन्न भइसकेको अध्यक्ष जोशीले जानकारी दिनुभयो ।  जिल्लाको लेकम गाउँपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र ब्याँस गाउँपालिकामा छिट्टै कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनभयो ।

अनेरास्ववियु दार्चुलाले आयोजना गरेको दुहुँ–लेकम–मार्मा जागरण अभियान विद्यार्थी प्रतिभा पहिचानका लागि संचालन गरिएको अनेरास्ववियु दार्चुलाका अध्यक्ष जोशीकोे भनाई छ । शुक्रवार दुहुँ गाउँपालिका स्तरीय वादविवाद प्रतियोगितामा बोल्दै अध्यक्ष जोशिले ग्रामीण क्षेत्रका विद्यार्थीहरुमा बेजोड प्रतिभा भएपनि प्रस्फुटन हुन नपाएको भन्दै त्यस्ता प्रतिभाहरुलाई मर्न नदिन विद्यार्थीको बिचमा संगठन आएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?