दार्चुला । नेकपा (एमाले) दार्चुलाले संगठन विस्तार र मिसन २०८४ केन्द्रीत तीन महिने वडा केन्द्रीत अभियान सञ्चालन गर्ने भएको छ। माघ १८ गते देखि चैत २० गते सम्म सञ्चालन गर्ने वडा केन्द्रीत अभियानको तयारी भइरहेको नेकपा (एमाले) दार्चुलाका सचिव उमेशराज जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार माघ १८ गते मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ७ जोलजिबी बाट कार्यक्रमको सुरुवात हुने छ । त्यस्तै गाउँपालिकाको वडा नम्बर १ मेलखेतमा माघ १९ गते, वडा नम्बर २ ठीङमा माघ २० गते, वडा नम्बर ३ मालिकार्जुन मडमा माघ २१ गते, वडा नम्बर ४ ऐरिछानामा माघ २२ गते, वडा नम्बर ८ पस्तीमा माघ २३ गते, वडा नम्बर ५ डाडाकोटमा माघ २४ गते र वडा नम्बर ६ उकु महलमा माघ २५ गते कार्यक्रम सञ्चालन गरिने समयतालिका छ ।
लेकम गाउँपालिकामा माघ २६ गते देखी फागुन १ गते सम्म कार्यक्रम सञ्चालन हुने छ। माघ २६ गते लेकमको वडा नम्बर ३ लालीमा, माघ २७ गते वडा नम्बर ४ खरकडामा, माघ २८ गते वडा नम्बर २ कुणीमा, माघ २९ गते वडा नम्बर १ सर्मोलीमा, माघ ३० गते वडा नम्बर ५ चौपातामा र फागुन १ गते गाउँपालिकाको वडा नम्बर ६ उचाकोटमा कार्यक्रम सञ्चालन हुने छ ।
शैल्यशिखर नगरपालिकामा फागुन २ गते देखी फागुन १० गते सम्म कार्यक्रम सञ्चालन हुने छ। फागुन २ गते वडा नम्बर ८ झरकडामा, फागुन ३ गते वडा नम्बर ३ बन्तोलीमा, फागुन ४ गते वडा नम्बर ६ ग्वानीमा, फागुन ५ गते वडा नम्बर ५ बगौरामा, फागुन ६ गते वडा नम्बर ४ काडाँपारीमा, फागुन ७ गते वडा नम्बर ३ लुइटामा, फागुन ८ गते वडा नम्बर २ देथलामा, फागुन ९ गते वडा नम्बर ९ गोकुलेश्वरमा र फागुन १० गते नगरपालिकाको वडा नम्बर १ बलाचमा कार्यक्रम सञ्चालन हुने एमाले दार्चुलाले जनाएको छ। अपिहिमाल गाउँपालिकामा फागुन ११ गते देखी १६ गते सम्म कार्यक्रम सञ्चालन हुने छ। फागुन ११ गते गाउँपालिकाको वडा नम्बर ६ धनकङमा, फागुन १२ गते वडा नम्बर ५ सौगन्नामा, फागुन १३ गते वडा नम्बर १ सीतीमा, फागुन १४ गते वडा नम्बर २ घुसामा, फागुन १५ गते वडा नम्बर ३ थुम्ती र फागुन १६ गते गाउँपालिकाको वडा नम्बर ४ खण्डेश्वरी पार्टी कार्यालयमा कार्यक्रम सञचालन हुने छ ।
मार्मा गाउँपालिकामा फागुन १७ गते देखी २२ गते सम्म कार्यक्रम सञ्चालन हुने छ । फागुन १७ गते मार्मा गाउँपालिकाका वडा नम्बर १ घोल्जरमा, फागुन १८ गते वडा नम्बर २ पालिका केन्द्रमा, फागुन १९ गते वडा नम्बर ४ मटबगडमा, फागुन २० गते वडा नम्बर ५ मुरैमा, फागुन २१ गते वडा नम्बर ६ निम्ठामा र फागुन २२ गते वडा नम्बर ३ लटिनाथ बजारमा कार्यक्रम सञ्चालन गरिने एमाले दार्चुलाले जनाएको छ।
नौगाड गाउँपालिकामा फागुन २३ गते देखी २८ गते सम्म कार्यक्रम सञ्चालन हुने छ। फागुन २३ गते गाउँपालिकाको वडा नम्बर ६ धुलीगाडा खेडामा, फागुन २४ गते वडा नम्बर ५ होपरीगाडमा, फागुन २५ गते वडा नम्बर ४ डाडा सिप्टीमा, फागुन २६ गते वडा नम्बर वडा नम्बर ३ जामीरमा, फागुन २७ गते वडा नम्बर १ साङपाङमा र फागुन २८ गते वडा नम्बर २ सुण्डुमुण्डुमा कार्यक्रम सञ्चालन हुने छ । ब्याँस गाउँपालिकाको वडा नम्बर १ को कार्यक्रम चैत २० गते बाङ्गाबगडमा हुने छ, भने अन्य वडाहरुमा चैत २ गते देखी ६ गते सम्म कार्यक्रम सञ्चालन गरिने छ। चैत २ गते गाउँपालिकाको वडा नम्बर २ मालमा, चैत ३ गते वडा नम्बर वडा नम्बर ३ सिनामा, चैत ४ गते वडा नम्बर वडा नम्बर ४ सुनसेरामा, चैत ५ गते वडा नम्बर ५ स्याँकुमा र चैत ६ गते गाउँपालिकाको वडा नम्बर ६ हुतीमा कार्यक्रम सञ्चालन हुने छ।
दुहुँ गाउँपालिकामा चैत ७ गते देखी ११ गते सम्म कार्यक्रम सञ्चालन हुने छ। चैत ७ गते गाउँपालिकाको वडा नम्बर १ बिणमा, चैत ८ गते वडा नम्बर २ हिकिलामा, चैत ९ गते वडा नम्बर ५ चल्लेगाडामा, चैत १० गते वडा नम्बर ४ पाक्सेमा र चैत ११ गते गाउँपालिकाको वडा नम्बर ३ बोहरीगाउँमा कार्यक्रम सञ्चालन हुने छ ।
महाकाली नगरपालिकामा चैत १२ गते देखी चैत २० गते सम्म कार्यक्रम सञ्चालन गरिने एमाले दार्चुलाले जनाएको छ। चैत १२ गते नगरपालिकाको वडा नम्बर १ छापरीमा, चैत १३ गते वडा नम्बर २ सेलामा, चैत १४ गते वडा नम्बर ३ बाँज कालापाटमा, चैत १५ गते वडा नम्बर ४ को दार्चुला विकास संगठनको हलमा, चैत १६ गते वडा नम्बर ५ गल्फैमा, चैत १७ गते वडा नम्बर ६ निसिलमा, चैत १८ गते वडा नम्बर ७ धापमा, चैत १९ गते वडा नम्बर ८ असिगडामा र चैत २० गते नगरपालिकाको वडा नम्बर ९ दत्तुमा कार्यक्रम सञ्चालन हुने एमाले दार्चुलाका सचिव उमेशराज जोशीले बताउनुभयो ।
तीन महिने अभियान अन्तरगत एमालेले १ हजार भन्दा बढी मतदाता भएका वडामा कम्तीमा ३० जना र १ हजार भन्दा कम मतदाता भएका वडामा कम्तीमा २० जना नयाँ सदस्य थप गरि वडा स्तरीय कार्यक्रममा सहभागी गराउने निणर्य गरेको छ। त्यस्तै पुराना सदस्यहरुको सदस्यता नविकरण गराउने, सदस्यता नविकरण नगरेका सदस्यहरुसंग आवश्यक समन्वय गरि नविकरणको वातावरण शृजना गर्ने, पालिका कमिटी र वडा कमिटीमा कार्यालय स्थापना गरि व्यवस्थित गर्ने लगायतका कार्यक्रम गर्ने योजना रहेको सचिव जोशीले जानकारी दिनुभयो ।
तीन महिने अभियान सञ्चालनका लागि दार्चुलाका नौँ वटै स्थानीय तहका सबै वडामा सहजकर्ता समेत तोकिएका छन् । दार्चुलाका ६१ वटै वडामा कार्यक्रम सहजकर्ता तोकेर एमालेका सम्बन्धित भूगोलका सबै नेताहरुलाई कार्यक्रममा सक्रिय सहभागि हुन निर्देशन गरिएको छ ।
जिल्ला कमिटीको बैठकले व्याँस गाउँपालिकाको वडा नम्बर १ को कार्यक्रमको लागी भगत सिंह ऐतवाल र असोक सिंह बोहरालाई जिम्मेवारी दिएको छ । त्यस्तै वडा नम्बर २ को कार्यक्रमको लागी दिलिप सिंह डडाल, उपेन्द्र सिंह धामी र बिमला महता, वडा नम्बर ३ मा हेमा कुवँर र उपेन्द्र सिंह धामी, वडा नम्बर ४ मा मोहन सिंह विष्ट, वडा नम्बर ५ मा कर्ण बहादुर बम, मंगल सिंह धामी र निर्मला धामी तथा वडा नम्बर ६ मा नगेन्द्र सिंह तिंकरी र लक्ष्मी कुवरलाई सहजकर्ता तोकिएको एमाले जिल्ला कमिटी दार्चुलाले जनाएको छ ।
त्यस्तै जिल्लाको दुहुँ गाउँपालिकाको वडा नम्बर १ मा जंग बहादुर बम र गोविन्दी महर, वडा नम्बर २ मा नरेन्द्र बहादुर बडाल र जानकी बडाल, वडा नम्बर ३ मा तारा केशरी कुवर र मीन बहादुर बम, वडा नम्बर ४ मा मोहन सिंह विष्ट तथा वडा नम्बर ५ मा प्रेम बहादुर कुँवर र गौरी बडाललाई सहजकर्ताको जिम्मेवारी तोकिएको छ ।
महाकाली नगरपालिका वडा नम्बर १ मा हरदेव जोशी, मदन सिंह धामी र दुर्गा धामी, वडा नम्बर २ मा नर सिंह चैसिर, दिपा बडाल र मुरारीलाल टमटा, वडा नम्बर ३ मा गोपाल सिंह महर र खेमानन्द भट्ट, वडा नम्बर ४ मा ज्ञानेन्द्र घर्ती, भक्त राज निरौला र अम्बीका नेपालीलाई जिम्मेवारी तोकिएको छ। त्यस्तै वडा नम्बर ५ मा गणेश सिंह ठगुन्ना र अनिल सिंह ठगुन्ना, वडा नम्बर ६ मा दुर्गा खत्री विष्ट, वडा नम्बर ७ मा राजेन्द्र सिंह थापा, वडा नम्बर ८ मा भुवनेश्वरी रैखोला र वडा नम्बर ९ मा बहादुर सिंह खाती, नारायाण दत्त भट्ट र नर सिंह चैसिरलार्ई सहजकर्ताको जिम्मेवारी तोकिएको छ।
मालिकार्जुन गाउँपालिका वडा नम्बर १ मा बिर सिंह धामी, देव सिंह सामन्त, वडा नम्बर २ मा हिरा सिंह धामी र पार्वती धामी, वडा नम्बर ३ मा मोहन सिंह धामी र चक्र सिंह धामी, वडा नम्बर ४ मा चक्र सिंह धामी, वडा नम्बर ५ मा रण बहादुर पाल, वडा नम्बर ६ मा हरक सिंह ठगुन्ना, वडा नम्बर ७ मा देव सिंह सामन्त र वडा नम्बर ८ मा पदम सिंह धामीलाई सहजकर्ताको जिम्मेवारी तोकिएको छ ।
लेकम गाउँपालिका वडा नम्बर १ मा माधवी जोशी र अमर सिंह कार्की, वडा नम्बर २ नारायण जोशी, वडा नम्बर ३ मा परमान्नद जोशी, वडा नम्बर ४ मा ज्ञानेन्द्र घर्ती, वडा नम्बर ५ मा मदन सिंह धामी र वडा नम्बर ६ मा फुलरी खत्रीलाई सहजकर्ताको जिम्मेवारी तोकिएको छ।
नौैगाड गाउँपालिका वडा नम्बर १ मा जनक सिंह ठगुन्ना, आनसिंह बडाल, प्रेम सिंह डडाल र जानकी ठेकरे, वडा नम्बर २ मा उज्जल राम टमटा, बागमती ठगुन्ना र मानमती ठगुन्ना, वडा नम्बर ३ मा ललित सिंह ठगुन्ना, वडा नम्बर ४ मा प्रेम सिंह धामी, कमल सिंह धामी र नारन्ती महता, वडा नम्बर ५ मा लालबहादुर धामी र राम टमटा तथा वडा नम्बर ६ मा मंगल सिंह धामी र गोविन्द सिंह धामीलाई सहजकर्ताको जिम्मेवारी तोकिएको छ ।
शैल्यशिखर नगरपालिका वडा नम्बर १ मा भरत बहादुर खडायत र शान्ति खडायत, वडा नम्बर २ मा कर्ण बहादुर खडायत र भोज बहादुर पाल, वडा नम्बर ३ मा लक्ष्मी प्रसाद जोशी र महेश्वरी दमाई, वडा नम्बर ४ मा राम सिंह ठगुन्ना र कोमल राज विष्ट, वडा नम्बर ५ मा पुष्कर सिंह डागा, जनक सिंह रावल र कलावती रावल, वडा नम्बर ६ मा विजय सिंह धामी र कल्यान सिंह धामी, वडा नम्बर ७ मा पुष्प राज जोशी र पार्वती जोशी, वडा नम्बर ८ मा धनीराम जोशी र गंगा दत्त जोशी तथा वडा नम्बर ९ मा लालबहादुर विश्वकर्मा, मानमती भट्ट र कालु चन्द लाई सहजकर्ताको जिम्मेवारी तोकिएको छ।
मार्मा गाउँपालिकाको वडा नम्बर १ मा कृष्ण सिंह धामी र नन्दन सिंह ठगुन्ना, वडा नम्बर २ मा कमला विष्ट (अनुजा), वडा नम्बर ३ मा पुष्कर सिंह विष्ट, वडा नम्बर ४ मा देव सिंह महर, उमेश सिंह खत्री र देव बहादुर सिंह, वडा नम्बर ५ मा कृष्ण सिंह धामी, दलजित महता र कलावती रावल, वडा नम्बर ६ मा खेमराज जोशी, जिवन सिंह कोट्टारी र पार्वती जोशीलाई सहजकर्ताको जिम्मेवारी तोकिएको छ।
अपिहिमाल गाउँपालिका वडा नम्बर १ मा धुर्मती जागरी र भरत सिंह धामी, वडा नम्बर २ मा जित सिंह धामी र उपेन्द्र कार्की, वडा नम्बर ३ मा शान्ति धामी र कमल सिंह धामी, वडा नम्बर ४ मा विन्दा कार्की र बालकुमारी बोहरा, वडा नम्बर ५ मा उर्मिला बोहरा, बिशन सिंह धामी र चन्द्र सिंह धामी तथा वडा नम्बर ६ मा धर्मानन्द सिंह मन्याल, मंगल देउरुखी र गाम सिंह धामीलाई सहजकर्ताको जिम्मेवारी तोकिएको छ ।
एमालेले दार्चुलासहित देशभरी नै माघ, फागुन र चैतमा तीन महिने पार्टी विस्तार र मिसन ०८४ लक्षित अभियान सञ्चालन गर्दैछ । कार्यविभाजनमा एमालेमा आवद्ध सबै नेता कार्यकर्तालाई आफ्नो गृह र प्रभाव क्षेत्रमा निरन्तर क्रियाशील रही काम गर्न भनिएको छ । जिल्ला कमिटी बैठकले जनप्रतिनिधिहरुलाई समेत पार्टीको नीति अनुसार जनहितका काम गर्न निर्देशित गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया