दार्चुला । बैतडीको पुर्चौंडी नगरपालिकामा तेश्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । माघ २ गते देखि सञ्चालन भएको प्रतियोगितामा डिलेश्वरी मावि हाट प्रथम भएको पुर्चौडीबाट हरि साउँदले जानकारी दिनुभयो ।
प्रतियोगितामा १२ स्वर्ण, ४ रजत र ५ कास्यसहित २१ पदक जितेर डिलेश्वरी मावि प्रथम भएको हो । यही माघ २ गतेदेखि नगरपालिकाको वडा नं –१ स्थित कमलविशाल पार्कमा सञ्चालन भएको प्रतियोगितामा नगरपालिकाभरीका १९ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ।
उक्त प्रतियोगितामा ७ स्वर्ण, ७ रजत र ४ कास्यसहित १८ पदक जितेर महादेव मावि शिबाबो दोश्रो भएको छ भने २ स्वर्ण, ४ रजत र ४ कास्य गरी १० पदक जितेर भूमीराज मावि कफलढुंग्रा तेश्रो भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख सुरेशप्रसाद जोशीले जानकारी दिनुभयो ।
प्रतियोगिताका विजेता खेलाडीहरुलाई नगर प्रमुख दिपकबहादुर बम, नगर खेलकुद विकास समितिका अध्यक्ष अमिर वड लगायतका व्यक्तिहरुले शिल्ड,ट्रफी र प्रमाणपत्र प्रदान गरेका गर्नुभएको थियो ।
पुर्चौंडी नगर खेलकुद विकास समितिका अध्यक्ष अमिर वडको अध्यक्षतामा भएको प्रतियोगिता समापन समारोहमा नगर प्रमुख बम प्रमुख अतिथी रहेका थिए । प्रतियोगिता समापन समारोहमा वडा अध्यक्ष लगायतका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।





प्रतिक्रिया