दार्चुला । नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा दार्चुला जिल्ला प्रदेश सभा १(क) का इन्चार्ज हरदेव जाेशीले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गरि दार्चुला-टिंकर सडकमा एक अर्ब बजेट विनियोजन गरिदिन माग गर्नुभएको छ । व्याँसको छाङरू, टिंकर जोड्ने घाेरेटाे बाटाे निर्माणका लागी ५ कराेड बजेट निकासा गर्न दिएको निर्देशनका लागि धन्यवाद ज्ञापन गर्दै नेता जोशीले टिंकर सडकलाई समेत थप बजेट विनियोजन गरिदिन प्रधानमन्त्री ओलीसंग माग गर्नुभएको हो ।
सामरिक महत्त्वको टिंकर सडकलाई तिब्र गतिमा निर्माण कार्य अगाडी बढाउनका लागी आगामी बजेटमा १ अर्ब बजेट विनियोजन गरिदिन माग गरिएको नेता जोशीले बताउनुभयो । टिंकर सडकको विषयमा प्रधानमन्त्री ओलीले विशेष चासो राखेको भेटवार्तामा सहभागी एमाले जिल्ला कमिटी सदस्य खिमानन्द भट्टले जानकारी दिनुभयो ।
२०७० सालमा आएकाे बाढीले महाकाली नदी किनारकाे कलाेन श्रीबगड लगायत महाकाली र चमेलिया नदी तटिय क्षेत्र सहीत जिल्लाको बिभिन्न ठाउँमा भएकाे क्षति र २०७९ सालमा आएकाे बाढीबाट भएकाे क्षतिलाई पुनर्निर्माण गर्नका लागी आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिदिनुहुन समेत अनुरोध गरिएको र जिल्लाका समस्याहरूबारे प्रधानमन्त्रीसंग कुराकानी भएको उहाँले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया