सशस्त्र प्रहरीको २४औँ स्थापना दिवस दार्चुलामा पनि मनाइयो, डिएसपी पाल पुरस्कृत

दार्चुला । दार्चुलामा सशस्त्र प्रहरीले आफ्नो २४ औँ स्थापना दिवस मनाएको छ। जिल्ला सदरमुकाम खंलगास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलामा विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका सशस्त्र प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी बिरेन्द्र बहादुर पालले जानकारी दिनुभयो ।

स्थापना दिवसका अवसरमा जिल्लाका विभिन्न मठमन्दिरमा सरसफाई गरिएको र भलिबल, फुटबल, ब्याडमिन्टन लगायतका खेलकुद कार्यक्रम आयोजना गरेर जिल्ला सदरमुकाम स्थित ४४ नम्बर गण र अन्य गुल्म तथा विओपीहरुमा समेत विभिन्न कार्यक्रम गरि दिवस मनाइएको उहाँले बताउनुभयो। दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख र विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । स्थापना दिवसको पुर्व सन्ध्यामा सशस्त्र प्रहरीले दार्चुलामा गएको पुष ७ गते सीमाक्षेत्रका नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको र उक्त निःशुल्क स्वास्थ्य शिविरमार्फत १८८ जनाले सेवा लिएको डिएसपी पालले बताउनुभयो ।

शिविरमा बिरामीहरुको स्वास्थ्य चेकजाँचका साथै आवश्यक औषधी पनि वितरण गरिएको थियो । त्यस्तै पुष २१ गते देखि माघ ५ गते सम्म १५ दिन सिप विकास तथा स्वरोजगार मुलक तालिम अन्तरर्गत सीमाबासी लक्षित निःशुल्क कपाल काट्ने तालिम संञ्चालन गरिएको उहाँले बताउनुभयो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक पाल पुरस्कृत
सशस्त्र प्रहरी नेपाल नम्बर गण ४४ दार्चुलाका सशस्त्र प्रहरी नायव उपरीक्षक बिरेन्द्र बहादुर पाल पुरस्कृत हुनुभएको छ। सशस्त्र प्रहरी बलको २४औं स्थापना दिवसको अवसरमा पाल डिआइजी एपी कमिन्डेशन पुरस्कारबाट पुरस्कृत हुनुभएको हो । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ टकना घर भएका पाल हाल सशस्त्र प्रहरी बल ४४ नम्बर गण दार्चुलामा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?