अनेरास्ववियुद्वारा लेकम गाउँपालिका स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न, हिमाद्री जाेशी प्रथम

दार्चुला । अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी दार्चुलाद्वारा आयाेजित लेकम गाउँपालिका स्तरीय वादविवाद प्रतियाेगिता सम्पन्न भएकाे छ । लेकम गाउँपालिका वडा नम्बर ५ स्थित लटिनाथ नमुना मावि चाैपातामा आयाेजना गरिएकाे वादविवाद प्रतियाेगितामा अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष नरेन्द्र प्रसाद जोशीको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं दार्चुला इन्चार्ज आनसिह बडालकाे प्रमुख आतिथ्यता र लटिनाथ माविका सहायक प्रधानाध्यापक महेशराज जोशीको विशिष्ट आतिथ्यता रहेको थियो ।

`सामाजिक संजालकाे प्रयाेग: वरदान कि अभिशाप´ विषयक वादविवाद प्रतियाेगितामा ऐडिबाग मावि मैखाेलीकी छात्रा हिमाद्री जाेशीले प्रथम स्थान प्राप्त गर्नुभएकाे छ । यस्तै केदारनाथ मावि धरमघरकी छात्रा शारदा जाेशी द्धितीय र हुनैनाथ मावि कुणीका छात्र दिनेश जाेशीले तृतीय स्थान प्राप्त गरेको निर्णायक समिति सदस्य लोकेन्द्र प्रसाद जोशीले बताउनुभयो । वादविवाद प्रतियोगितामा लेकम गाउँपालिका भरीका ९ वटै माविका प्रतियोगीहरूको सहभागीता रहेको थियो ।

लेकम गाउँपालिका स्तरीय उक्त कार्यक्रमका अतिथिहरूले स्थान प्राप्त गर्ने र सहभागीता जनाउने सबैलाई बधाई सहित उज्ज्वल भविश्यकाे शुभकामना व्यक्त गरेका छन् । सहभागी सबैलाई प्रमाणपत्र तथा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगीलाई शैक्षिक सामाग्रीसहित सम्मानपत्र प्रदान गरेर सम्मानित गरिएको छ । 

अनेरास्ववियु जिल्ला कमिटी पदाधिकारी, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?