बैतडीको पुर्चौडीमा एक घरमा आगलागी, ७ लाख बढीको क्षति

दार्चुला । बैतडी बैतडीको एक घरमा आगलागी भएको छ।

जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ४ भटनाका डम्बरदेब भट्टको चारकोठे घरमा आगलागी भएको हो । घरमा बालेको दियोबाट अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  आगलागीबाट भट्टको घरमा रहेको २० तोला चाँदीसहित सम्पूर्ण सामान जलेर नष्ट हुँदा ७ लाख पच्चिस हजार बराबरको क्षति भएको बैतडी प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?