नेपाल निजामती कर्मचारी संगठनको महाकाली र दुहुँमा पालिका अधिवेशन सम्पन्न, कमिटी चयन

दार्चुला । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति दार्चुलाको आयोजनामा महाकाली नगरपालिका र दुहुँ गाउँपालिकाको पालिका अधिवेशन सम्पन्न भएको छ । महाकाली र दुहुँमा पालिका कमिटी चयन गर्दै अधिवेशन सम्पन्न भएको नेपाल निजामती कर्मचारी संगठन जिल्ला अध्यक्ष राजेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।

बुधबार (आज) दुहुँ गाउँपालिका दार्चुलाको प्रथम पालिका अधिवेशनबाट मोहन सिंह धामीको अध्यक्षतामा पालिका कमिटी चयन गरिएको उहाँले बताउनुभयो । कमिटीको उपाध्यक्षमा लोकेन्द्र लोथ्याल, सचिवमा पदम राज जोशी र कोषाध्यक्षमा नारन्ती कार्की चयन हुनुभएको छ ।

यस्तै हिजो सम्पन्न महाकाली नगरपालिका कमिटीको अधिवेशनबाट बिष्णुदत्त भट्टको अध्यक्षतामा हरिना बिष्ट उपाध्यक्ष, भुपेन्द्र सिंह रैखोला सचीव र अमर सिङ महरा कोषाध्यक्ष रहने गरि नगरपालिका कमिटी चयन गरिएको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कमिटी अध्यक्ष राजेन्द्र धामीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?