मार्माको लटिनाथ र नौगाडको होपरीगाडमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका र नौगाड गाउँपालिकामा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको छ । मार्मा गाउँपालिकाको लटिनाथ र नौगाड गाउँपालिकाको होपरीगाडमा अस्थाई ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका कार्यालय प्रमुख, प्रहरी नायव निरीक्षक योगेश बहादुर पालले जानकारी दिनुभयो ।

यातायात सञ्चालन र व्यवस्थापनमा असजहता भएको र यातायात व्यवसायीले मनपरि भाडा लिएको तथा क्षमता भन्दा बढी यात्रु बोक्ने गरेको जन गुनासो बढे पछि मार्मा गाउँपालिकाको लटिनाथ र नौगाड गाउँपालिकाको होपरीगाडमा अस्थाई पोष्ट स्थापना गरिएको प्रहरी नायव निरीक्षक पालले बताउनुभयो । यस अघि जिल्लाका २ ठाउँमा अस्थायी ट्राफिक प्रहरी पोष्ट सञ्चालनमा रहेका थिए । जिल्लाको गोकुलेश्वर र मालिकार्जुनमा गरि २ वटा अस्थायी ट्राफिक पोष्ट रहेकोमा अहिले थप २ गरेर ४ वटा अस्थायी ट्राफिक पोष्ट भएको उहाँले जानकारी दिनुभयो ।

हाल जिल्लामा ११ जना ट्राफिक प्रहरी कार्यरत रहेको पनि उहाँले जानकारी दिनुभयो । जिल्लाका अरु ठाउँहरुमा पनि पोष्ट स्थापनाको लागी माग भएको र त्यसको लागी माथिल्लो निकायसंग समन्वय गरेर स्थापना गर्न सकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?