भूमि समस्या समाधान आयोग दार्चुलाका अध्यक्ष लालसिंह धामीद्धारा पदभार ग्रहण

दार्चुला । भूमि समस्या समाधान आयोग दार्चुलाका अध्यक्ष लालसिंह धामीले पदभार ग्रहण गर्नुभएको छ। जिल्ला सदरमुकाम खंलगामा एक कार्यक्रमका बीच नवनियुक्त अध्यक्ष धामीले पदभार ग्रहण गर्नुभएको हो ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी नयाँ आयोग गठन गरेको थियो भने दार्चुला जिल्ला अध्यक्षमा धामी नियुक्त हुनुभएको थियो । पदभार ग्रहण गर्दै आयोगका दार्चुला जिल्ला अध्यक्ष धामीले जिल्लाभर रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । जिल्लामा देखिएका भूमि सम्बन्धी समस्या समाधानको लागी सबैको सहयोग अपरिहार्य रहेको पनि बताउनुभयो ।

भूमिहीनका समस्या समाधानका लागि कुनै राजनीतिक आग्रह र पूर्वाग्रह नराखी सबैको साझा भएर काम गर्ने अध्यक्ष धामीले प्रतिवद्धता व्यक्त गर्नुभयो । आफ्नो पहिलो कार्यकाल छोटो भए पनि सुदूरपश्चिमका अन्य जिल्लाको हकमा उल्लेख्य कामहरु गर्न सफल भएको उहाँले बताउनुभयो । यस अघि १ वर्ष ९ महिनाको कार्यकालमा विभिन्न समस्याका बावजुद पनि लालपुर्जा वितरणको काम सुरु गरेको उहाँले बताउनुभयो ।

जिल्लाका सबै जसो स्थानीय तहमा भूमि समस्या समाधानको लागी समन्वय भैरहेको बेला सरकारले भूमि आयोग विगठन गर्दा काम गर्न नसकिएको उहाँले बताउनुभयो। २०५१ साल देखि भूमि आयोग गठन  भएको भए पनि वास्तविक पीडितको समस्या समाधान हुन नसकेको उहाँले बतानुभयो।

राजनैतिक र विभिन्न कारणले यस अघिको कार्यकालमा सोचेअनुसारको काम गर्न नसकिएको भन्दै उहाँले भूमि समस्या समाधानको लागी जस्तो सुकै समस्या भए पनि काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । पटक पटक गठन र विगठन हुने आयोगले अहिले सम्म समस्या समाधान नभएको र राज्यको ढुकुटी रित्याउने काम मात्रै भएकोले अब देखिने गरेर काम गर्ने उहाँले बताउनुभयो ।

यस अघि स्थानीय तह र अन्य निकायबाट सोचेअनुरुपको सहयोग पाउन नसक्दा काम गर्न नसकिएको पनि उहाँले गुनासो गर्नुभयो । आफ्नो अघिल्लो कार्यकालमा जिल्लाको दुहुँ गाउँपालिकाका २० जनालाई लालपुर्जा वितरण गरिएको अन्य स्थानीय तहमा पनि प्रक्रियामा रहेको बेला आयोग विगठन हुँदा लालपुर्जा वितरणको काम रोकिएको उहाँले बताउनुभयो । अहिलेको आयोगले वास्तविक भूमिहीन समस्या पहिचान गरेर सबैको सल्लाह सुझाव लिएर काम गर्नुपर्ने उहाँको भनाई छ । भूमिको समस्या कुनै राजनीतिक दल विशेषको नभइ सबैको साझा समस्या रहेकोले कुनै आग्रह पुर्वाग्रह विना काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

आयोगको जिल्ला सदस्यहरुमा अरु तीन जना सदस्यहरु पनि रहने व्यवस्था भएपनि नियुक्ति नभएकाले अहिले जिल्ला अध्यक्ष धामीले मात्रै पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण कार्यक्रममा जिल्लास्थित जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरू, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?