अपिहिमालको सौगन्नामा शैक्षिक अन्तरक्रिया, गुणस्तर सुधार वर्ष योजना कार्यान्वयन गरिदै

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाले शैक्षिक सत्र २०८१ लाई शैक्षिक गुणस्तर सुधार वर्ष घोषणा गरि योजना कार्यान्वयन गरिरहेको छ । बिहिवार अपिहिमाल गाउँपालिका वडा नम्बर ५ मा रहेको भवानी माध्यमिक विद्यालय सौगन्नामा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अपिहिमाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक अन्तरक्रिया तथा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको हो  । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय जनप्रतिनिधि, शिक्षक कर्मचारी, अभिभावक तथा विद्यार्थी बिच विद्यालय शिक्षाको गुणस्तर सुधारमा केन्द्रीत रहि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको  गाउँपालिकाले जनाएको छ ।

मावि सौगन्नाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुष्कर सिंह धामीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गाउँपालिकाको वडा नम्बर ५ का वडा अध्यक्ष राजेन्द्र सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो ।  त्यस्तै कार्यक्रममा गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका निमित्त प्रमुख मदन राज जोशी, विद्यालयका प्रधानाध्यापक प्रकाश सिंह ठगुन्ना, स्थानीय जनप्रतिनिधि, लगायतको सहभागीता रहेको थियो ।

यस अघि अपिहिमाल गाउँपालिकाको डाडाँबाग आधारभुत विद्यालय लुम्थी र चौलानी आधारभुत विद्यलाय तल्लोफेरमा कार्यक्रम सम्पन्न भएको शिक्षा शाखाका निमित्त प्रमुख मदनराज जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?