डिलाशैनीमा सम्पन्न अध्यक्ष कप भलिबल प्रतियोगितामा नरेश पोल्टी फर्मको टिम विजयी

दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकामा सञ्चालन भएको अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ । बुधबार (हिजो) बाट डिलाशैनीको वडा नम्बर ५ स्थित हरिनगर खेलमैदानमा सञ्चालन भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।

गाउँपालिका भित्रका ६ वटा टिमको सहभागीता रहेको तेश्रो संस्करणको अध्यक्ष कप भलिबल प्रतियोगितामा नरेश पोल्टी फर्मको टिम प्रथम भएको छ। प्रथम भएको नरेश पोल्टी फर्मको टिमले नगद ४० हजारसहित ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको गाउँपालिकाका प्रवक्त यज्ञराज भट्टले बताउनुभयो । त्यस्तै डिलासैनीको वडा नम्बर ४ मठैराजको टिम द्वितीय र डिलाशैनीको वडा नम्बर ६ को टिम तृतीय भएको उहाँले बताउनुभयो । द्वितीय र तृतीय भएका टिमलाई क्रमशः नगद २५ हजार र १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?