शैल्यशिखरको वडा नम्बर ७ र ८ मा खानेपानी योजना कटौती गरिएको भन्दै आपत्ति

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ र ८ का विभिन्न बस्तीहरुमा डिपिआरसहित सिफारिस गरि स्वीकृत भएका खानेपानी योजना कटौती गरिएको भन्दै वडाअध्यक्ष र स्थानीयले आपत्ति जनाएका छन् । खानेपानीको आपुर्तीका लागी पाँच वटा स्किममा डिपिआर तयार गरेर स्वीकृत भएको योजना कटौती गरिएको भन्दै वडा अध्यक्ष र स्थानीयहरुले आपत्ती जनाएका हुन् ।

नगरपालिकाको वडा नम्बर ७ र ८ का विभिन्न बस्तीहरुमा खानेपानीको समस्या समाधानको लागी नेकपा (एमाले) बाट गणेश सिंह ठगुन्ना सांसद/मन्त्री हुँदा २०७८।०७९ को बजेटमा देवल बन्तोली लिफ्ट खानेपानी योजना शिर्षकमा बजेट स्वीकृत भएको र अहिले आएर प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूले डिपिआर भइसकेको योजनामा टोडमोड गरि सेवा क्षेत्र समेत कटौती गरेको भन्दै नगरपालिकाको वडा नम्बर ७ का वडा अध्यक्ष पुष्प राज जोशी र वडा नम्बर ८ का वडा अध्यक्ष केशव दत्त जोशीले संयुक्त विज्ञप्ती निकेलेर आपत्ती जनाउनुभएको हो ।

वडाअध्यक्षहरूद्धारा जारी विज्ञप्तीमा वडा नम्बर ७ र ८ का विभिन्न बस्तीहरु पाँच वटा स्किममा गोकुले देवल, सुपले, मुड्डा, मल्लाचौरा, मल्लालेक, पतेगैर, सन्तोली, बन्तोली, बगौरा, गोलीचौरा, बिरालीपोखरा, मम्च र मुड्डा देवथली लगायत धेरै वस्तीमा खानेपानी मुलको अभाव भएको र सहज खानेपानी आपुर्ती गर्न भइरहेको असुविधालाई समाधान गर्न नेकपा (एमाले) शैल्यशिखर नगरपालिका वडा नम्बर ७ र ८ को वडा कमिटी र स्थानीय खानेपानी पीडित जनताहरुले तत्कालीन प्रतिनिधि सभा सदस्य तथा मन्त्री गणेश सिंह ठगुन्ना संग माग गरे बमोजिम आर्थिक बर्ष २०७८।७९ को बजेटमा देवल बन्तोली लिफ्ट खानेपानी योजना शैल्यशिखर नगरपालिका ७ र ८ दार्चुला शिर्षकमा योजना स्विकृत भएको उल्लेख गरिएको छ । वडाबाट ७ र ८ का सम्पुर्ण बस्तिहरुमा खानेपानी पाउने हेतुले आर्थिक बर्ष २०७९।८० मा डिपिआर गरिएको ५ वटा स्किम (स्किम १ गोकुलेगाड–सुपले, स्किम २ इजराफेर –बुड्ढा, स्किम ३ भम्क–बन्तोली, स्किम ४ तातापानी –मल्लालेक पतेगैर र स्किम ५ ढोपागाड–देवथली) मा सर्वे गरि डिजाइन स्टमेट बनेको र सर्वे भई स्किमहरू समेत स्वीकृत हुने प्रक्रिया अगाडी बढीरहेको अवस्थामा दार्चुला जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूले थप योजना माग गर्नुपर्ने ठाउँमा स्विकृत भइरहेका योजना समेट कटौती गरेर एउटा मात्रै स्किम संसोधन गर्न गरेको सिफारिस अनुसार मन्त्रालयले संसोधन गर्दा वडा नम्बर ७ र ८ का विभिन्न बस्तीहरुमा जनताले शुद्ध खानेपानी पाउनुपर्ने अधिकारमा घात गरेको र २ बर्ष पहिले नै संसदबाट पारित भएको र नापजाच समेत भएको स्किमहरु कटौती गर्ने काम राजनीतिक, कानुनी र नैतिक हिसावले समेत अनुचित भएकोले सो कार्यको घोर भर्सना गर्दछौ विज्ञप्तीमा भनिएको छ।

साविक बमोजिमका ५ वटै स्किमहरु संञ्चालन गर्न खानेपानी मन्त्रालय र  विभागलाई अनुरोध गर्ने र अन्यथा शैल्यशिखर नगरपालिका वडा नम्बर ७ र ८ का खानेपानी पीडित जनताको तर्फबाट कानूनी उपचारमा जाने नगरपालिकाको वडा नम्बर ७ र ८ का वडा अध्यक्षहरुद्धारा जारी विज्ञप्तीमा भनिएको  छ। सासंद बडूकै कारण वडा बासी शुद्ध खानेपानी पाउनुपर्ने अधिकार बाट बञ्चीत हुने अवस्था आएमा कानूनी रुपमै लडाइ लड्न तयार रहेको आक्रोश वडाअध्यक्षहरूले व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?