दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ कालागाउँ घर भएका २५ बर्षीय सुरेन्द्र विष्ट रुपन्देहीमा मृत फेला परेका छन् ।
उपचारका लागि काठमाण्डौं गएका बिष्ट बैतडी फर्कने क्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ७ शिवनगरस्थित सामुदायिक वनमा शुक्रबार मृत फेला परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रुखमा झुण्डिएको अवस्थामा विष्ट मृत फेला परेको प्रहरीले जनाएको छ।जिल्ला अस्पतालमा चेकजाँच गराउँदा जण्डीसको समस्या देखिएकाले थप उपचारका लागि विष्ट केही दिन अघिमात्रै काठमाण्डौं जानुभएको थियो।
विष्ट पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयमा कृषि सहायक प्रशिक्षक पदमा कार्यरतकार्यरत हुनुहुन्थ्यो । शिक्षालयमा कार्यरत एक कुशल प्रशिक्षकको निधनको खबरले शिक्षालय परिवार शोकमा डुबेको छ । घटनाका बिषयमा निष्पक्ष छानबीन गरिदिन परिवारजनले आग्रह गरेका छन् ।
मृतक बिष्टका घरमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । बिष्टको मृत्यु भएपछि श्रीमती र नाबालक छोराछोरीको विचल्ली भएको छ ।





प्रतिक्रिया