बैतडीको सिगासमा जिप दुर्घटना, ६ जना गम्भीर घाइते

दार्चुला । बैतडी सिगास गाउँपालिकामा जिप दुर्घटना भएको छ ।

शनिबार विहान सिगास गाउँपालिका वडा नम्बर १ मारुमा सु.प्र.प्र. ०१००१ च ४०२८ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बलराम पाण्डेयले जानकारी दिनुभयो ।

जिपमा सवार ८ जना मध्ये ६ जना गम्भीर घाइते भएका छन। घाइतेहरु सबै एकै गाउँका रहेको प्रहरीले जनाएको छ। सिगास गाउँपालिकाको इराना घर भएका १४ बर्षीया जयन्ती धामी, ४० बर्षीया तुलसी धामी, १६ बर्षीया निरा धामी, १९ बर्षीया पावर्ती धामी, १८ बर्षीया कमला धामी र १४ बर्षीया धौली धामी गम्भीर घाइते भएको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिनुभयो।

जिपमा सवार एक जना हाम फालेर सकुसल अवस्थामा रहेको र चालक जयन्त बोहरा फरार रहेको उहाँले बताउनुभयो। जिप सडकबाट करिब ७ सय मिटर तल खसेको उहाँले जानकारी दिनुभयो । घाइतेहरु सबैलाई उपचारको लागी डडेल्धुरा अस्पताल पठाइएको छ।

जिपमा सवार रहेको उनिहरु विहेको जन्तीबाट घर फर्किदै गरेके बुझिएको छ।  थप विवरण आन बाँकी रहेको बैतडी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?