किम्तडी ठण्याकाठामा सडक खुलाउन ढिलाइ, प्रशासनद्धारा सडक डिभिजनलाई पत्राचार

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडी ठण्याकाठामा सडक निर्माणको क्रममा पहिरो खस्दा महाकाली लोकमार्ग अन्तरगत खंलगा–गोकुलेश्वर सडक खण्ड तीन दिनदेखी अबरुद्ध रहेको छ । सडक खुलाउन ढिलाइ भइरहेको छ । अवरुद्ध सडक सञ्चालनको लागी जिल्ला प्रशासन कार्यालय दार्चुलाले सडक डिभिजन कार्यालय बैतडीलाई  लिखित पत्राचार गरेको छ ।

किम्तडी भिरमा खसेको पहिरो पन्छाउन नसक्दा विगत तीन दिनदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको छ । मौखिक रूपमा अनुरोध गर्दा सडक डिभिजनबाट सडक खुलाउन तदारुकता नदेखिएपछि लिखित रूपमै पत्राचार गरिएको हो । अबरुद्ध सडक खुलाउन सहजिकरणको लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृह मन्त्रालय र प्रहरीलाई समेत बोधार्थ पठाएको छ ।

सडक अबरुद्ध हुदा जिल्लाका विभिन्न स्थानका साथै दार्चुलाबाट कैलाली, कञ्चनपुर, काठमाण्डौँका लागि छुट्ने र जिल्ला सदरमुकाम खलंगा भित्रिने यातायातका साधनहरु र यात्रुहरुलाई समस्या भएको छ । खलंगाबाट किम्तडीसम्म पैदल हिडेर यात्रा गर्न समेत असहज भइरहेको यात्रुहरूको गुनासो छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?