दार्चुलाको किम्तडी ठण्याकाठामा सडक खुलाउने काम सुरु

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडी ठण्याकाठामा सडक निर्माणको क्रममा पहिरो खस्दा चार दिनदेखि अवरुद्ध महाकाली लोकमार्ग अन्तरगत खंलगा–गोकुलेश्वर सडक खण्ड खुलाउने काम सुरु भएको छ । अवरुद्ध सडक सञ्चालनको लागी निर्माण व्ययसायीले स्काइभेटर मेसिन लगाएर काम थालेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो ।

किम्तडी भिरमा खसेको पहिरोका कारण विगत चार दिनदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको छ । भोलि बेलुकीसम्ममा पहिरो पन्छाउने प्रयास भइरहेको बताइएको छ । यद्धपी पहिरोका कारण सडक समेत भासिएकोले यातायात आवागमनको लागि भने थप समय लाग्ने सम्भावना रहेको छ ।

मौखिक रूपमा अनुरोध गर्दा ठेकेदार वा सडक डिभिजनबाट सडक खुलाउन तदारुकता नदेखिएपछि प्रशासन कार्यालयबाट हिजो लिखित रूपमै पत्राचार गरिएको थियो । अबरुद्ध सडक खुलाउन सहजिकरणको लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृह मन्त्रालय र प्रहरीलाई समेत बोधार्थ पठाएको थियो ।

सडक अबरुद्ध हुदा जिल्लाका विभिन्न स्थानका साथै दार्चुलाबाट कैलाली, कञ्चनपुर, काठमाण्डौँका लागि छुट्ने र जिल्ला सदरमुकाम खलंगा भित्रिने यातायातका साधनहरु र यात्रुहरुलाई समस्या भएको छ । खलंगाबाट किम्तडीसम्म पैदल हिडेर यात्रा गर्न समेत असहज भइरहेको यात्रुहरूको गुनासो छ । जिल्ला सदरमुकाम जोड्ने राजमार्ग अवरुद्ध भएपछि किम्तडीबाटै सवारीसाधनहरु ओहोरदोहोर गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?