हजारौँ जनताको मागलाई कटौती गर्ने निर्णय सच्याउन खानेपानी मन्त्रालयलाई शैल्यशिखर नगरपालिकाको पत्र

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाले वडा नम्बर ७ र ८ को खानेपानी योजनालाई साविक रातो किताबमा भए बमोजिम नै कायम गरिदिन खानेपानी मन्त्रालयलाई पत्राचार गरेको छ । शेल्यशिखरको वडा नम्बर ७ र ८ मा झण्डै ५ हजार जनतालाई खानेपानी उपलब्ध गराउने उद्धेश्यले आर्थिक वर्ष २०७८।०७९ मा रातो किताबमा देवल बन्तोली लिफ्ट खानेपानी शैल्यशिखर ७ र ८ परि आर्थिक वर्ष ०७९।०८० मा सर्बे भई ५ वटा स्किम निर्माण भएकोमा अहिले पुरै योजना संशोधन गरि चार वटा स्किम हटाइएकोले पाँच वटै स्किममा योजना सञ्चालन हुने गरि योजनाको नाम कायम गरिदिन नगरपालिकाले मन्त्रालयलाई अनुरोध गरेको हो ।

शैल्यशिखरका नगरप्रमुख विजयसिंह धामी, वडा नम्बर ८ का वडाअध्यक्ष केशवराज जोशी र वडा नम्बर ७ का वडाअध्यक्ष पुष्पराज जोशीद्धारा हस्ताक्षरित उक्त पत्रमा हजारौँ जनताको मागलाई कटौती गर्ने निर्णय नसच्याए कानूनी बाटो अबलम्बन गर्ने चेतावनी समेत दिइएको छ । दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूको बदनियत पुर्ण सिफारिसले शैल्यशिखर नगरपालिका वडा नम्बर ७ र ८ का झन्डै ५ हजार नागरिक शुद्ध खानेपानीबाट बञ्चित हुने अवस्था आएको भन्दै नगर प्रमुख र वडा अध्यक्षहरुले साविकको रातो कितामा उल्लेख भए अनुसार योजना कायम गर्न मन्त्रालयलाई आग्रह गरेका हुन्। शैल्यशिखर नगरपालिकाको वडा नम्बर ७ र ८ का झन्डै ५ हजार जनतालाई शुद्ध खानेपानी पुर्याउने उदेश्यले ५ वटा स्किम स्वीकृत समेत भएको अवस्थामा सासंद बडूको एउटा पत्रको भरमा ४ वटा स्किम योजनाबाट बदनियत पुर्ण तरिकाले हटाइएकोले गलत निर्णय सच्याउन मन्त्रालयलाई पत्राचार गरिएको वडाअध्यक्ष केशव जोशीले बताउनुभयो ।

डिपिआर बनेर स्वीकृत भएको योजना ५ वटै स्किममा चालु आर्थिक बर्ष २०८१।०८२ मा निर्माण प्रक्रिया अगाडी बढ्नुपर्ने ठाउँमा स्थानीय जनता र स्थानीय तह संग समन्वय, सहकार्य र सहमती समेत नगरि यस जिल्लाका प्रतिनिधि सभा सदस्य बडूको चिठ्ठिको भरमा ४ वटा स्किम र पुरै वडा नम्बर ८ लाई योजनाबाट हटाई संसदबाट पारित योजनालाई संसोधन गरिएको र यसरी बदनियत पुर्वक ३ बर्ष अगाडीबाट रातो कितावमा भएको योजनालाई संसोधन गर्दा नगरपालिकाको वडा नम्बर वडा नम्बर ८ पुरै र वडा नम्बर ७ का आधाभन्दा बढी जनता खानेपानीबाट बञ्चित हुने अवस्था आएकोले रातो किताबमा जलवायु अनुकुलित खानोपानीको शिर्षक नम्बर २५३ मा उल्लेख भए अनुसार नै योजना कायम गरिदिन अनुरोध छ, नगर प्रमुख धामी र वडा अध्यक्षहरुले हस्ताक्षर गरेको पत्रमा भनिएको छ। व्यक्ति विषेशको लहडको भरमा हजारौ जनताको मागलाई कटौती गर्ने कुराको बिरुद्ध कानुनी बाटो समेत अविलम्बन गरिने जारी पत्रमा उल्लेख गरिएको छ।

शैल्यशिखर नगरपालिकाको वडा नम्बर ७ र ८ का विभिन्न बस्तीहरुमा डिपिआरसहित सिफारिस गरि स्वीकृत भएका खानेपानी योजना कटौती गरिएको भन्दै यस अघि पनि नगरपालिकाको वडा नम्बर ७ र ८ का वडा अध्यक्षद्धय र स्थानीयले आपत्ति जनाएका थिए । नगरपालिकाको वडा नम्बर ७ र ८ का विभिन्न बस्तीहरुमा खानेपानीको समस्या समाधानको लागी नेकपा (एमाले) बाट गणेश सिंह ठगुन्ना सांसद/मन्त्री हुँदा २०७८।०७९ को बजेटमा देवल बन्तोली लिफ्ट खानेपानी योजना शैल्यशिखर ७ र ८ शिर्षकमा बजेट स्वीकृत भएको र अहिले आएर प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूले डिपिआर भइसकेको योजनामा टोडमोड गरि सेवा क्षेत्र समेत कटौती गरेको भन्दै स्थानीय जनता र जनप्रतिनिधिहरुले आपत्ती जनाएका हुन् ।

यो विषय सासंद बडूको सचिवालयले भने खण्डन गरेको छ । चालु आ.व. ०८१।०८२ मा संघीय खानेपानी मन्त्रालयको कार्यक्रम अन्तरगत जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनाको सि.नं. २५३ मा समावेश भएको देवल बन्तोली लिफ्ट खा.पा. योजना शैल्यशिखर नगरपालिका ७ स्किम नं. ५ का सन्दर्भमा सामाजिक संजाल मार्फत विभिन्न टिप्पणीहरु भईरहेकोतर्फ यस सचिवालयको ध्यानाकर्षण भएको छ, सासंद बडूको सचिवालयले भनेको छ। रातो किताबमा प्रकाशित हुँदा स्किम नं. ५ छुट भएको भन्ने जानकारी हुन आएपछि सो समावेश गर्न पत्राचार गरिएको सचिवालयको प्रतिक्रिया छ । कुनै योजना वा स्किम काट्ने र अन्यत्र सार्ने काम नभएको र योजनाका अन्य स्किमहरू पनि आगामी आ.व.हरूमा क्रमशः प्राथमिकता अनुसार समावेश हुँदै जाने सासंद बडूको सचिवालयले जनाएको छ । यद्धपी स्थानयि जनप्रतिनिधि र सेवा क्षेत्रका बासिन्दाले भने ५ वटा स्किममा रहेको योजना नाम संशोधन गरि स्किम नम्बर ५ मात्रै समाबेस गरिएकोले उक्त निर्णय सच्याइ पाँच वटै स्किममा योजना लागु गर्न माग गरेका छन् । शैल्यशिखरको वडा नम्बर ७ र ८ मा खानेपानी समस्या विगतदेखि नै व्याप्त रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?