दार्चुला । नेपाल निजामती कर्मचारी संगठन दार्चुलाको १०औं जिल्ला अधिवेशन उद्घाटन भएको छ । दार्चुला सदरमुकाम खलंगास्थित दार्चुला विकास संगठनको सभाहलमा अधिवेशन उद्घाटन भएको हो ।
नेपाल निजामती कर्मचारी संगठन दार्चुलाका अध्यक्ष राजेन्द्र सिंह धामीको अध्यक्षतामा उद्घाटन भएको समारोहमा नेकपा (एमाले) दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीको प्रमुख आतिथ्यता रहेको छ । कर्मचारी संगठनका केन्द्रीय कमिटी सचिवालय सदस्य पदमराज जोशीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा विभिन्न संगठनका प्रमुख, प्रतिनिधिहरूको आतिथ्यता रहेको छ।
उद्घाटन सत्रमा आमन्त्रित अतिथिहरूले शुभकामना मन्तव्य प्रस्तुत गरिरहनुभएको छ । बन्द सत्रबाट जिल्ला कार्यसमिति चयन गर्दै जिल्ला अधिवेशन सम्पन्न हुने आयोजकले जनाएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया