दार्चुला । दार्चुलामा हेभी इक्विपमेन्ट अपरेटर संघ गठन गरिएको छ । जिल्ला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका-४ दार्चुलामा कार्यालय रहने गरि हेभी इक्विपमेन्ट अपरेटर संघ गठन भइ जिल्ला प्रशासन कार्यालय दार्चुलामा दर्ता भएको हो ।
हेभी इक्विपमेन्ट अपरेटर संघ दार्चुलाको संस्थापक समिति अध्यक्षमा पुष्कर सिंह कार्की, उपाध्यक्षमा नरेश सिंह धामी, सचिबमा रघुबिर सिंह डागा, सह-सचिवमा जमन सिंह भण्डारी, कोषाध्यक्षमा दिलीप सिंह धामी, सदस्यहरूमा विवेक सिंह धामी र प्रेम प्रकाश सिंह कुँवर चयन भएका छन् । समितिले सम्पूर्ण अपरेटर तथा सह अपरेटरहरुलाई सदस्यता लिन अनुरोध समेत गरेको छ । अपरेटरहरूको हकहितका लागि हेभी इक्विपमेन्ट अपरेटर संघ गठन गरिएको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया