दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ मा रहेको बडिपुर माध्यमिक विद्यालय सर्मोलीको ६६ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।
सोमबार (हिजो) विद्यालय व्यवस्थापन समितिका बरिष्ठ सदस्य अमर कार्कीको अध्यक्षतामा उद्घाटन भएको वार्षिकोउत्सव समारोहको दोस्रो दिन आज विभिन्न सास्कृतिक कार्यक्रम गर्दै वार्षिकोत्सव समारोह सम्पन्न भएको स्थानीय चन्द्रसिंह साउँदले जानकारी दिनुभयो ।
वार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यपक परमान्नद विष्टले विद्यालयको बार्षिक आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
उहाँका अनुसार विद्यालयको कुल आय एक १२ लाख २२ हजार ७ सय ४० रुपैया रहेकोमा कुल व्यय एक करोड २ लाख ९५ हजार ३ सय ६३ रुपैया रहेको छ ।त्यस्तै विद्यालय संग हाल ९ लाख २७ हजार ३ सय ७७ रुपैया बजत रहेको छ।





प्रतिक्रिया