डिलासैनीमा पाचौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, सेटिगाउँ मावि प्रथम

दार्चुला । बैतडीको डिलासैनी गाउँपालिकामा सम्पन्न पाचौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १५ स्वर्ण पदक सहित सेटिगाउँ माध्यमिक विद्यालय ककरपाखा प्रथम भएको छ ।

गाउँपालिकाभित्रका १३ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा १२ स्वर्ण पदक सहित दुर्गा माध्यमिक विद्यालय सिमार द्वितीय र ३ स्वर्ण पदक सहित मण्डेश्वरी माध्यमिक विद्यालय धावलाले तृतीय स्थान पाप्त गरेको डिलासैनी गाउँपालिका अध्यक्ष सन्तोष जोशीले जानकारी दिनुभयो ।

डिलासैनी गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष बिरेन्द्र बोहराको अध्यक्षता एंव गाउँपालिका अध्यक्ष सन्तोष जोशीको प्रमुख आतिथ्यतामा आज प्रतियोगिता समापन गरिएको हो ।
यस्तै समापन शत्रमा गाउँपालिका उपाध्यक्ष भगिरथ बोहरा, वडा अध्यक्षहरु, खेलप्रेमी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । माघ १२ गतेबाट वडा नम्बर ५ स्थित हरिनगर खेल मैदान गोकुलेश्वरमा सञ्चालन भएको प्रतियोगिता आज समापन भएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?