पुर्चौडीको गलिनाथ माध्यमिक विद्यालय बडगाउँको ५४ औँ वार्षिकोत्सव सम्पन्न

दार्चुला । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ७ मा अवस्थित गलिनाथ माध्यमिक विद्यालय बडगाउँको ५४ औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रशाद बडूको अध्यक्षता रहेको उद्धघाटन समारोहमा पुर्चौडी नगरपालिकाका निर्वतमान नगरप्रमुख रण बहादुर कुँवरको प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा पुर्चौडी नगरपालिकाका प्रशासकीय अधिकृत जगदिश प्रशाद जोशी, शिक्षा अधिकृत शुरेन्द्र प्रसाद जोशी,वडा अध्यक्षहरु, स्थानीय सञ्चारकर्मी, सुरक्षाकर्मी लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक दिनेश नगारीले विद्यालयको आयव्यय रकम सार्वजनिक गर्नुभएको थियो । उहाँका उनुसार विद्यालयको कुल आय ७५ लाख ४९ हजार ८ सय ७४ रुपैयाँ रहेको बताइएको छ ।
वार्षिकोत्सव समारोहको अवसरमा विद्यालयले विविद् सास्कृतिक कार्यक्रमको आयोजना गरेको प्रध्यानाध्यापक नगारीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?