दार्चुला । बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ७ मा अवस्थित शिक्षा केन्द्र अमर माध्यमिक विद्यालय धामीगाउँको ६८ औं वार्षिकोत्सव तथा अभिभवक दिवश भब्यताका साथ सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक धामीको अध्यक्षता एंव डिलासैनी गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीको प्रमुख आतिथ्यतामा उद्धघाटन गरिएको समारोहमा गाउँपालिका प्रवक्ता एंव वडा नम्बर ५ का वडा अध्यक्ष यज्ञ भट्ट, विभिन्न विद्यालयका प्रध्यानाध्यापक, शिक्षक, विद्यार्थी, समाजसेवी लगायत शिक्षाप्रेमीहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।
वार्षिकोत्सव समारोहमा विद्यालयका प्रध्यानाध्यापक परमानन्द भट्टले विद्यालयको आयव्यय बिबरण सार्वजनिक गर्नुभएको थियो ।
उहाँका अनुसार शिक्षा केन्द्र अमर माध्यमिक विद्यालय धामीगाउँको कुल आय १ करोड ३७ लाख ४९ हजार ३ सय ७९ रुपैयाँ रहेकोमा १ करोड ३२ लाख ४२ हजार ९ सय १९ रुपैयाँ खर्च भएको छ ।
कार्यक्रममा बोल्दै डिलासैनी गाउँपालिका अध्यक्ष एंव प्रमुख अतिथि सन्तोष जोशीले विद्यालयको शैक्षिक उन्नयनका लागि गाउँपालिकाले कुनै कसुर बाकीँ नराखी काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
यस्तै हाल विद्यालयको खातामा ५ लाख ६ हजार ४ सय ४९ रुपैयाँ बचत रहेको बताइएको छ । विद्यालयमा विविद् सास्कृतिक कार्यक्रमहरु गर्दै ६८ औं वार्षिकोत्सव सम्पन्न भएको स्थानीय अभिभावक प्रदिप कुमार जोशीले जानकारी दिनुभयो ।





प्रतिक्रिया