दार्चुला । त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय क्याम्पसको प्रिन्सिपलमा दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ दोबाटा घर भएका प्राध्यापक डाक्टर अक्कलदेव मिश्र नियुक्त हुनुभएको छ ।
छनोट समितिले प्रा.डा. मिश्र र सहप्राध्यापकमा उद्धव सिग्देलको नाम सिफारिस गरेको थियो । दुई जनामा मिश्रको अंक धेरै भएकाले त्रिविको कार्यकारी परिषद्ले मेरिटको आधारमा मिश्रलाई नियुक्त गरेको हो ।
माघ २० गतेबाट लागू हुनेगरी पत्र बुझेको र आईतवार बाट जिम्मेवारी सम्हाल्ने मिश्रले बताउनुभयो । हालका प्रिन्सिपल ध्यानेन्द्र राईको कार्यकाल १९ गते सकिने भएकाले मिश्रले आइतबारदेखि केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने बताइएको छ ।





प्रतिक्रिया