दार्चुलामा एमालेको तीन महिने वडा केन्द्रीत अभियान उकुबाट सुरू, गाउँघरमा खटिएर काम गर्न कार्यकर्तालाई निर्देशन

दार्चुला । नेकपा  (एमाले) दार्चुलाले संगठन विस्तार र मिसन २०८४ केन्द्रीत तीन महिने वडा केन्द्रीत अभियान सुभारम्भ गरेको छ । माघ १८ गते शुक्रबार (हिजो) मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ उकुबाट सुरु भएको अभियान चैत्र २० गते सम्म दार्चुलाका ६१ वटै वडाहरुमा सञ्चालन हुने नेकपा (एमाले)  दार्चुलाका सचिव उमेशराज जोशीले जानकारी दिनुभयो ।

एमाले पोलिटब्युरो सदस्य, दार्चुला इन्चार्ज तथा पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा उकुमा सम्पन्न कार्यक्रममा केन्द्रीय कमिटी सदस्य हरदेब जोशी, मालिकार्जुन गाउँपालिका अध्यक्ष एंव प्रदेश कमिटी सदस्य हिरा सिंह धामी, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती लगायत नेताहरूको आतिथ्यता तथा स्थानीय कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । आज वडा नम्बर ७ जौलजीवीमा र भोली वडा नम्बर १ भर्तोलामा कार्यक्रमको आयोजना गरिएको बताइएको छ । कार्यकर्ता र जनतासामु एमालेको नीति तथा बिचार सम्प्रेषण, एमालेले गरेका कामबारे जनस्तरसम्म जानकारी दिने र जनताका कुरा सुन्ने, सदस्यता शुद्धीकरण र सुदृढीकरण तथा विस्तार, निष्कृय कार्यकर्तालाई सक्रिय बनाउने, जनप्रतिनिधिले गरेका कामको समिक्षा गर्दै आवश्यक निर्देशन र पृष्ठपोषण गर्ने, जनताका समस्या समाधान गर्न सहजीकरण गर्ने र संगठनलाई थप बलियो बनाउदै आगामी निर्वाचनमा स्थानीय तहदेखि प्रदेश र केन्द्रीय सरकारमा दुई तिहाइ बहुमत सहितको बलियो राष्ट्रिय शक्ति एमालेलाई बनाउने उद्देश्यले वडा केन्द्रीत तीन महिने विशेष अभियान सञ्चालन गरिएको एमाले पोलिटब्युरो सदस्य गणेश ठगुन्नाले बताउनुभयो ।

जिल्लाका सवै वडामा सहजकर्ता तोकेर समन्वयको जिम्मेवारी दिइएको छ । जसअनुसार व्याँस गाउँपालिकाको वडा नम्बर १ को कार्यक्रमको लागी भगत सिंह ऐतवाल र असोक सिंह बोहरालाई जिम्मेवारी दिएको छ । त्यस्तै वडा नम्बर २ को कार्यक्रमको लागी दिलिप सिंह डडाल, उपेन्द्र सिंह धामी र बिमला महता, वडा नम्बर ३ मा हेमा कुवँर र उपेन्द्र सिंह धामी, वडा नम्बर ४ मा मोहन सिंह विष्ट, वडा नम्बर ५ मा कर्ण बहादुर बम, मंगल सिंह धामी र निर्मला धामी तथा वडा नम्बर ६ मा नगेन्द्र सिंह तिंकरी र लक्ष्मी कुवरलाई सहजकर्ता तोकिएको एमाले जिल्ला कमिटी दार्चुलाले जनाएको छ ।

त्यस्तै जिल्लाको दुहुँ गाउँपालिकाको वडा नम्बर १ मा जंग बहादुर बम र गोविन्दी महर, वडा नम्बर २ मा नरेन्द्र बहादुर बडाल र जानकी बडाल, वडा नम्बर ३ मा तारा केशरी कुवर र मीन बहादुर बम, वडा नम्बर ४ मा मोहन सिंह विष्ट तथा वडा नम्बर ५ मा प्रेम बहादुर कुँवर र गौरी बडाललाई सहजकर्ताको जिम्मेवारी तोकिएको छ ।

महाकाली नगरपालिका वडा नम्बर १ मा हरदेव जोशी, मदन सिंह धामी र दुर्गा धामी, वडा नम्बर २ मा नर सिंह चैसिर, दिपा बडाल र मुरारीलाल टमटा, वडा नम्बर ३ मा गोपाल सिंह महर र खेमानन्द भट्ट, वडा नम्बर ४ मा ज्ञानेन्द्र घर्ती, भक्त राज निरौला र अम्बीका नेपालीलाई जिम्मेवारी तोकिएको छ। त्यस्तै वडा नम्बर ५ मा गणेश सिंह ठगुन्ना र अनिल सिंह ठगुन्ना, वडा नम्बर ६ मा दुर्गा खत्री विष्ट, वडा नम्बर ७ मा राजेन्द्र सिंह थापा, वडा नम्बर ८ मा भुवनेश्वरी रैखोला र वडा नम्बर ९ मा बहादुर सिंह खाती, नारायाण दत्त भट्ट र नर सिंह चैसिरलार्ई सहजकर्ताको जिम्मेवारी तोकिएको छ।

मालिकार्जुन गाउँपालिका वडा नम्बर १ मा बिर सिंह धामी, देव सिंह सामन्त, वडा नम्बर २ मा हिरा सिंह धामी र पार्वती धामी, वडा नम्बर ३ मा मोहन सिंह धामी र चक्र सिंह धामी, वडा नम्बर ४ मा चक्र सिंह धामी, वडा नम्बर ५ मा रण बहादुर पाल, वडा नम्बर ६ मा हरक सिंह ठगुन्ना, वडा नम्बर ७ मा देव सिंह सामन्त र वडा नम्बर ८ मा पदम सिंह धामीलाई सहजकर्ताको जिम्मेवारी तोकिएको छ ।

लेकम गाउँपालिका वडा नम्बर १ मा माधवी जोशी र अमर सिंह कार्की, वडा नम्बर २ नारायण जोशी, वडा नम्बर ३ मा परमान्नद जोशी, वडा नम्बर ४ मा ज्ञानेन्द्र घर्ती, वडा नम्बर ५ मा मदन सिंह धामी र वडा नम्बर ६ मा फुलरी खत्रीलाई सहजकर्ताको जिम्मेवारी तोकिएको छ।

नौैगाड गाउँपालिका वडा नम्बर १ मा जनक सिंह ठगुन्ना, आनसिंह बडाल, प्रेम सिंह डडाल र जानकी ठेकरे, वडा नम्बर २ मा उज्जल राम टमटा, बागमती ठगुन्ना र मानमती ठगुन्ना, वडा नम्बर ३ मा ललित सिंह ठगुन्ना, वडा नम्बर ४ मा प्रेम सिंह धामी, कमल सिंह धामी र नारन्ती महता, वडा नम्बर ५ मा लालबहादुर धामी र राम टमटा तथा वडा नम्बर ६ मा मंगल सिंह धामी र गोविन्द सिंह धामीलाई सहजकर्ताको जिम्मेवारी तोकिएको छ ।

शैल्यशिखर नगरपालिका वडा नम्बर १ मा भरत बहादुर खडायत र शान्ति खडायत, वडा नम्बर २ मा कर्ण बहादुर खडायत र भोज बहादुर पाल, वडा नम्बर ३ मा लक्ष्मी प्रसाद जोशी र महेश्वरी दमाई, वडा नम्बर ४ मा राम सिंह ठगुन्ना र कोमल राज विष्ट, वडा नम्बर ५ मा पुष्कर सिंह डागा, जनक सिंह रावल र कलावती रावल, वडा नम्बर ६ मा विजय सिंह धामी र कल्यान सिंह धामी, वडा नम्बर ७ मा पुष्प राज जोशी र पार्वती जोशी, वडा नम्बर ८ मा धनीराम जोशी र गंगा दत्त जोशी तथा वडा नम्बर ९ मा लालबहादुर विश्वकर्मा, मानमती भट्ट र कालु चन्द लाई सहजकर्ताको जिम्मेवारी तोकिएको छ।

मार्मा गाउँपालिकाको वडा नम्बर १ मा कृष्ण सिंह धामी र नन्दन सिंह ठगुन्ना, वडा नम्बर २ मा कमला विष्ट ९अनुजा०, वडा नम्बर ३ मा पुष्कर सिंह विष्ट, वडा नम्बर ४ मा देव सिंह महर, उमेश सिंह खत्री र देव बहादुर सिंह, वडा नम्बर ५ मा कृष्ण सिंह धामी, दलजित महता र कलावती रावल, वडा नम्बर ६ मा खेमराज जोशी, जिवन सिंह कोट्टारी र पार्वती जोशीलाई सहजकर्ताको जिम्मेवारी तोकिएको छ।

अपिहिमाल गाउँपालिका वडा नम्बर १ मा धुर्मती जागरी र भरत सिंह धामी, वडा नम्बर २ मा जित सिंह धामी र उपेन्द्र कार्की, वडा नम्बर ३ मा शान्ति धामी र कमल सिंह धामी, वडा नम्बर ४ मा विन्दा कार्की र बालकुमारी बोहरा, वडा नम्बर ५ मा उर्मिला बोहरा, बिशन सिंह धामी र चन्द्र सिंह धामी तथा वडा नम्बर ६ मा धर्मानन्द सिंह मन्याल, मंगल देउरुखी र गाम सिंह धामीलाई सहजकर्ताको जिम्मेवारी तोकिएको छ ।

एमालेले दार्चुलासहित देशभरी नै माघ, फागुन र चैतमा तीन महिने पार्टी विस्तार र मिसन ०८४ लक्षित अभियान सञ्चालन गरिरहेको छ । कार्यविभाजनमा एमालेमा आवद्ध सबै नेता कार्यकर्तालाई आफ्नो गृह र प्रभाव क्षेत्रमा निरन्तर क्रियाशील रही काम गर्न भनिएको छ । मूल टोलीको प्रतेक वडामा एउटा/एउटा कार्यक्रम राखिएको छ भने स्थानीय नेता कार्यकर्तालाई सधैं जनाताको बिचमा खटिएर काम गर्न निर्देशित गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?