भारतको प्रयागराज कुम्भमेलाबाट फर्किंदै गरेको जीप दुर्घटना हुदा  पाँच नेपालीको ज्यान गयो

दार्चुला । भारतको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलाबाट फर्किरहेका पाँच जना नेपालीको सवारी दुर्घटनामा परी ज्यान गएको छ । त्रिवेणी स्नान गरेर घर फर्किँदै गरेका नेपाली नागरिक चढेको जीप हिजो दिउँसो महोत्तरीसँग जोडिएको भारतको मधुवनीमा दुर्घटनामा परेको हो ।

ज्यान गुमाउनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ का ६० वर्षीय बालकृष्ण झा, उहाँकी पत्नी ५० वर्षीया इन्दु देवी, महोत्तरीकै मनरासिश्वा नगरपालिका–२ बस्ने ५० वर्षीया मनतारन देवी र धनुषाको गङ्गुली बस्ने ३० वर्षीया अर्चना झा छन् । ज्यान गुमाएका चालकको पहिचान खुलेको छैन ।

दुर्घटनामा ३० वर्षीय मनोहर ठाकुर, २५ वर्षीया कामिनी झा, ५० वर्षीय जगतारण देवी र सात वर्षीया सृष्टि झा गम्भीर घाइते भएका छन् । उनीहरुको मुजफ्फपुरमै उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?